धनकुटा, २७ भदौ । धनकुटामा मंगलबारबाट सुरु भएको १३ औं शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा वेलवारी एफ.सी. मोरङ विजयी भएको छ ।
घरेलु मैदानमा आयोजक धनकुटा–११ लाई ४–१ गोल अन्तरले पराजित गर्दै मोरङले बिजयी सुरुवात गरेको हो ।
वेलवारी एफ.सी.का दिपक राईले खेल सुरुवातको ६ र १७ औं मिनेटमा लगातार दुई गोल गरे ।
वेलवारीकै निसान लिम्बुले २७ औ मिनेटमा गोल थप्दै मध्यान्तर अघि टिमलाई ३–० ले अग्रता दिलाए । निर्धारित ९० मिनेटको खेल सकिन १ मिनेट वाँकी हुँदा आयोजक धनकुटाका अविनास राईले टिमको खाता खोल्दै खेललाई ३–१ मा ल्याएका थिए ।
लगत्तै ‘इन्जोरी टाईम’ मा वेलवारीका पुजन उपरकोटीले गोल फर्काउँदा वेलवारी ४–१ ले बिजयी बनेको हो । घरेलु मैदानमा दर्शकको राम्रो साथ पाएको आयोजक धनकुटाले पटक–पटक पाएको राम्रो मौकालाई सदुपयोग गर्न नसक्दा पराजित बन्नु परेको हो ।
खेलको उत्कृष्ठ खेलाडी मोरङका दिपक राई घोषित हुँदै २ हजार ५ सय नगद पुरस्कार पाएका छन । बुधबारको खेल विर्ता युनाईटेड झापा र गोधुली क्लव सुनसरी वीच हुने प्रतियोगिताका प्रचार बिभाग प्रमुख विदुर खवासले जानकारी दिए ।
भदौ ३१ गतेसम्म सञ्चालन हुँने प्रतियोगितामा एक विदेशीसहित ६ टिम सहभागी छन ।
प्रतियोगिताको बिजेताले १ लाख र उप–विजेताले ५० हजार नगद पाउँने आयोजकले जनाएको छ । धनकुटाबाट सञ्चालित संगालोखबर अनलाईन पनि भीमनारायण गोल्डकपको अफिसियल मिडियाको रुपमा रहेको छ ।
आयोजक धनकुटा–११ र वेलवारी एफ.सी. मोरङ वीचको खेल हेर्नुहोस् …