संगालोखबर

विराटनगर । केन्द्रमा राजनीतिक समीकरण फेरिएसँगै कोशी प्रदेशमा सरकारमा पनि फेरबदल हुने भएको छ । केन्द्रमा मुख्य दुई पार्टीहरु नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिअनुसारप्रदेश सरकार पुनर्गठनको तयारी सुरु गरिएको छ ।

Advertisement

कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले माओवादी केन्द्रबाट सरकार सहभागी भएका मन्त्रीहरुलाई हटाएर कांग्रेसलाई सरकारमा सामेल गराउने तयारी गरेका हुन् । हाल प्रदेश सरकारमा एमाले र माओवादीका मन्त्री छन् ।

सरकारलाई समर्थन जनाए पनि नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी भने सरकारमा सहभागी छैनन् । सरकारमा माओवादीका तीन मन्त्री र एक राज्यमन्त्री सहभागी छन् ।

मओवादीबाट पर्यटन, वन तथा वातावरण मन्त्रीमा नारायण बुर्जा मगर, स्वास्थ्य मन्त्रीमा राजेन्द्र कार्की, भौतिक पूर्वाधार मन्त्रीमा गणेश उप्रेती तथा बन्दना झाँगड पर्यटन राज्यमन्त्री छन् ।

एमालेको प्रदेश कमिटीका एकजना नेताका अनुसार मुख्यमन्त्री कार्कीले माओवादी केन्द्रका मन्त्रीलाई राजीनामा दिन सन्देश पठाएका छन् । उनीहरुले राजीनामा नदिए बर्खास्त गर्ने तयारी समेत मुख्यमन्त्रीको छ ।

यसैबीच, माओवादीले केन्द्रको निर्देशनअनुसार आगामी कदम चाल्ने भएको छ । आज संघीय सरकारको नेतृत्वमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियुक्त हुँदैछन् । त्यसपछि माओवादी सरकारबाट प्रतिपक्षमा पुग्दैछ । केन्द्रको निर्देशनपछि प्रदेशमा पनि माओवादीको भूमिका अब प्रतिपक्षको हुने माओवादीका एक नेताले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!