एजेन्सी। संयुक्त राष्ट्र सुरक्षा परिषदले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाइदिएको छ । चीन र रुसले पनि नयाँ प्रतिबन्धमाथि सहमती जनाएको छ । यसप्रकारले उत्तर कोरियाविरुद्ध नयाँ प्रतिबन्ध सर्वसम्मतिले लगाइएको छ ।
उत्तर कोरियाले सेप्टेम्बर तीन तारिखमा छैटौं र आफ्नो सबैभन्दा ठूलो परमाणु परिक्षण गरेको थियो । यसै कारण सुरक्षा परिषदले उक्त देशमाथि नयाँ प्रतिबन्ध लगाएको छ ।
उत्तर कोरियाको दाबी अनुसार उसले परमाणु बम विकसित गरेको छ र यसलाई जुनसुकै मिसाइलमा पनि लोड गर्न सकिन्छ ।
प्रतिबन्धको मस्यौदा अमेरिकाले तयार गरेको थियो जसलाई चीन र रुससमेत सबै १५ सदस्यले अनुमोदन गरेको छ ।
नयाँ प्रतिबन्धमार्फत उत्तर कोरियाको आयको स्रोत बन्द गर्ने कोसिस गरिएको छ ।
उत्तर कोरियासँग कपडाको निर्यातमा प्रतिबन्ध लागु गर्ने विषयलाई अनुमोदन गरिएको छ । यसका साथै उत्तर कोरियाले अहिलेसम्म तोकिएको सीमासम्म मात्रै कच्चा तेल आयात गर्न सक्नेछ ।
सन् २००६ देखि संयुक्त राष्ट्रको सुरक्षा परिषद् उत्तर कोरियाविरुद्ध ९ प्रस्तावलाई एकमतले मञ्जुरी दिइसकेको छ ।
केही महिनादेखि उत्तर कोरियाले थुप्रै मिसाइल परिक्षण गरेको छ । यस्ता हतियारको पनि परिक्षण गरिएको छ जसको पहुँच अमेरिकासम्म छ ।
केही समय अघिमात्र उत्तर कोरियाले जापानको आकाशबाट एक मिसाइल परिक्षण गरेको थियो । जापानका प्रधानमन्त्री शिन्जो आबेले त्यसलाई अभूतपूर्व खतरा बताएको थियो ।
उत्तर कोरियाले प्रशान्त महासागरस्थित अमेरिकी क्षेत्र गुआममा पनि मिसाइल हमला गर्ने धम्की दिएको छ ।
गत अगस्टमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाको विनासको धम्की दिएका थिए ।