संगालोखबर

पाँचथर । पाँचथर सदरमुकाम फिदिम नगरपालिकाका निवर्तमान मेयर तथा नेपाली कांग्रेसका महासमिति सदस्य ओनाहाङ नेम्वाङको आज बिहान निधन भएको छ । उपचारका क्रममा उनको विराटनगरस्थित न्युरो अस्पतालमा निधन भएको हो ।

Advertisement

२००४ सालमा फिदिम–२ मा जन्मेका नेम्वाङलाई मधुमेह र रक्तचाप, मिर्गौलासम्बन्धी समस्या थियो । तीन दिनअघि उपचारका लागि विराटनगर लगिएको थियो । नेम्वाङ २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसबाट मेयर निर्वाचित भएका थिए ।

उनी २०७२ सालदेखि २०७४ सालसम्म फिदिम नगर विकास समितिको अध्यक्ष थिए । आफ्नो सक्रिय जीवनमा लामो समय कांग्रेसबाट राजनीति गरेका नेम्वाङले जिल्लाका नागरिकलाई शिक्षा, स्वास्थ्य र खानेपानी उपलब्ध गराउन विशेष भूमिका निर्वाह गरेको मानिन्छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!