संगालोखबर

विराटनगर । मुख्य दुई राजनीतिक दलबीच केन्द्रमा भएको नयाँ सत्ता समीकरणअनुसार कोशी प्रदेशमा पनि सरकार पुनर्गठन गरिने भएको छ । यसका लागि आन्तरिक तयारी भइरहेको जनाइएको छ ।

Advertisement

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केन्द्रमा असार २८ गते नयाँ समीकरणअनुसार अर्को सरकार बनेपछि त्यसका आधारमा कोशी प्रदेशमा सरकार पुनर्गठन हुने बताए ।

विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले तत्कालै कसैलाई सरकारबाट हटाउने आफ्नो चाहना नभए पनि केन्द्रमा नयाँ समीकरण बनेपछि कोशी प्रदेशमा पनि नेपाली कांग्रेससहितको सरकार बन्ने बताए ।

मुख्यमन्त्री कार्कीले सहमतिको सरकार बनाउने आफ्नो प्रयास भए पनि केन्द्रको समीकरणअनुसार नै प्रदेशमा पनि सरकार बन्ने बताए । प्रदेशमा रहेका मन्त्रालयको संख्या नबढाइने उनको भनाइ छ ।

कोशी प्रदेशमा गत बैशाख २७ गते माओवादी केन्द्रका १३ जना सांसदहरूको समर्थनमा एमाले संसदीय दलका कार्की मुख्यमन्त्री बनेका थिए । १० सदस्यीय कोशी प्रदेश सरकारमा एमालेबाहेक माओवादीका ३ जना मन्त्री र एकजना राज्यमन्त्री छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!