संगालोखबर

विराटनगर । देशभर १३ लाख ९८ हजारमध्ये ५ लाख ३९ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । कृषि विभागका अनुसार यसवर्ष देशभर १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको छ ।

Advertisement

असार तेस्रो सातासम्म देशभरि ५ लाख ३९ हजार ७६६ हेक्टर (३८.६ प्रतिशत) रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ । कोशी प्रदेशमा २ लाख ७६ हजार ३८६ हेक्टरमा रोपाइँ हुने अनुमान गरिएको छ । त्यसमध्ये हालसम्म ९५ हजार १७० हेक्टर (३४.४ प्रतिशत) क्षेत्रफलमा मात्रै रोपाइँ हुन सकेको जनाइएको छ ।

असार २३ गतेको तथ्यांकअनुसार सुदूरपश्चिममा १ लाख ७४ हजार ५७६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएकामा ९४ हजार ६९९ (५४.२ प्रतिशत) रोपाइँ सम्पन्न भएको छ ।

यस्तै, सबैभन्दा कम मधेश प्रदेशमा धान रोपाइँ भएको छ । विभागका अनुसार मधेसमा ३ लाख ८३ हजार १५० हेक्टरमा धान रोपाइँ हुने अनुमान गरिएपनि हालसम्म जम्मा २५.५ प्रतिशत अर्थात् ९७ हजार ८५१ हेक्टरमा क्षेत्रफलमा मात्रै रोपाइँ हुन सकेको हो ।

यस्तै, बागमती प्रदेशमा १ लाख १४ हजार ५६१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएकोमा हालसम्म ४६ हजार ४४ हेक्टर (४०.२) मा रोपाइँ भएको छ । विभागका अनुसार गण्डकी प्रदेशमा ९६ हजार ५३ हेक्टरमा रोपाइँ हुने अनुमान गरिएकामा हालसम्म ४७ हजार ७३३ हेक्टर (४९.७ प्रतिशत) क्षेत्रफलमा रोपाइँ भएको तथ्यांक छ ।

लुम्बिनी प्रदेशमा ३ लाख ११ लाख ६४३ हेक्टरमा धान रोपाइँ हुने अनुमान गरिएकोमा १ लाख ३८ हजार ३६४ हेक्टर (४४.४ प्रतिशत) क्षेत्रफलमा भान रोपाइँ भएको छ भने कर्णाली प्रदेशमा ४१ हजार ९०४ हेक्टरमा धान रोपाइँ हुने अनुमान गरिएकामा१९ हजार ९०४ हेक्टर (४७.५ प्रतिशत ) क्षेत्रफलमा धान रोपाइँ भएको विभागको तथ्यांक छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!