संगालोखबर

विराटनगर । मनसुन सक्रिय हुँदा यसको प्रभाव बढ्दै जान थालेको छ । कोशी, बागमती र गण्डकी प्रदेशमा मनसुनको बढी प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement

केही दिनअघि पूर्वमा मात्र सक्रिय बनेको मनसुन देशभर फैलने क्रममा छ । अझै पनि बढी प्रभाव भने कोशी प्रदेशमै देखिएको छ । मोरङ, सुनसरी, झापालगायत कोशीका विभिन्न जिल्लामा भारी वर्षा भइरहेको छ । बाढीका कारण धनजनको क्षति हुने क्रम तीव्र बनेको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भूभागमा आंशिक देखि साधरणतया बदली रहने महाशाखाले जनाएको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित वर्षा हुने सम्भावना छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!