संगालोखबर

विराटनगर । केही दिनयता पूर्वी भेगमा बढी सक्रिय मनसुन आगामी आइतबारसम्म देशभर फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ ।

Advertisement

महाशाखाका अनुसार आजसम्म मनसुन मुलुकको पूर्वी भू–भाग हुँदै लुम्बिनी प्रदेशसम्म पुगेको छ । समान्यतया जुन १३ मा मनसुन नेपाल भित्रिने भए पनि यसवर्ष जुन १० मा मनसुन मुलुकको पूर्व क्षेत्रबाट भित्रिन सुरु गरेको थियो ।

नेपालमा मनसुन भित्रिएको १० दिन भएको छ । पश्चिम र सुदूरपश्चिम क्षेत्रसम्म पुग्न भने अझै तीन दिन लाग्ने जनाइएको छ । आइतबारसम्म मुलुकभर मनसुन फैलिएपछि तातो हावाको लहरको जोखिम बिस्तारै हट्दै जाने महाशाखाको भनाइ छ ।

महाशाखाका अनुसार हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको बढी प्रभाव छ भने बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ । शनिबारसम्म कोशी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!