संगालोखबर

विराटनगर । कोशी प्रदेश सरकारको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८१’ पारित भएको छ । योजना पारित भएसँगै आगामी आर्थिक वर्षमा विपदका बेला प्रतिकार्य योजनाहरु गर्न सहज हुने भएको छ ।

Advertisement

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको प्रदेश विपद व्यवस्थापन परिषद्को बैठकले योजना पारित गरेको हो । बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले विपदका बेला सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

प्रदेश सरकारले आपूmले सकेको सहयोग गर्ने र सुरक्षा निकायहरुसँग समन्वय गरेर थप काम गरिने उनले बताए । प्रदेश विपद व्यवस्थापन परिषद् मुख्यमन्त्रीको अध्यक्षतामा रहने व्यवस्था छ ।

बैठकमा विपदका बेला आइपर्ने घटनाहरुलाई मध्यनजर गर्दै गर्नुपर्ने कार्ययोजनाहरुको बारेमा पनि छलफल भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव कमल थापाले बताए ।

बैठकमा चालु आर्थिक वर्षको असार ५ गतेसम्म प्रदेशमा विपदमा परेकाहरुलाई गरिएको राहत सहयोगका बारेमा पनि जानकारी दिइएको थियो । प्रदेश सरकारले ७२ लाख ५५ हजार राहत वितरण गरिसकेको छ । सबैभन्दा बढी उदयपुरमा ४९ जनालाई १६ लाख ९५ हजार र कम ओखलढुंगामा १ जनालाई ३० हजार वितरण गरेको जनाइएको छ ।

त्यस्तै, विपदबाट प्रभावित भएका परिवारका निजी आवास पुनःनिर्माणका लागि १ करोड १४ लाख ४५ हजार खर्च भएको जनाइएको छ । प्रदेश सरकारले जाजरकोटका भूकम्प पीडितलाई समेत १ करोड सहयोग गरेको जनाएको छ । मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रका लागि ३ ठाउँमा ६ करोड खर्च गरिएको जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!