एजेन्सी। गत अगस्ट २८ तारिखमा बलात्कारका दोषी ठहराएका राम रहिमलाई २० वर्षको सजायँ भएपछि १० दिन भित्र नै डेराको करिब ८ सय करोड भारुको कारोबार बन्द भएको छ ।

Advertisement

सिरसा डेराका १४ कम्पनी, ८ स्कूल–कलेज, पाँच तारे होटल एमएसजी रिसोर्ट, कसिस रेष्टुरेन्ट, पुरानो डेरेको अगाडि एसी सुपर मार्केटका ५२ पसलमा ताल्चा झण्ड्याइएको छ । थुप्रै बैंक खाता पनि सिल गरिएका छन् ।

कारोबारसँग जोडिएका करिब ८ हजार मानिसहरु बेरोजगार भएका छन् र डरका कारण सिरसा छोडिरहेका छन् । साथै, देशभरका करिब ४ सय डिलर्सले एमएसजी स्टोर्स बन्द गरेका छन् ।

९ कम्पनी पछिल्लो चार वर्षमा खडा गरिएकोः

सन् २००८ देखि गुरमितले अहिलेसम्म १४ कम्पनीको स्थापना गरेका थिए । यीमध्ये ९ वटा कम्पनी चार वर्षमा खडा गरेका थिए ।

यसै कारण राम रहिमले पाँच वर्षमा आफ्नो व्यवसायलाई ५ हजार करोड भारुसम्म पुर्याउने योजना बुनिरहेका थिए ।

हरेक भेटघाटमा गुरमित आफ्नो यो योजनाको कुरा गर्दथे । अब डेराका सबै सम्पत्ति नियन्त्रणमा लिइने तयारी भइरहेको बताइएको छ ।

राम रहिमलाई पक्राउ पछि उनका समर्थकले निम्त्याएको नोक्सानीको क्षतीपूर्तीका लागि पनि हरियाणा–पंजाब सरकारले पनि जानकारी जुटाइरहेको छ ।

सन् १९९० मा डेरेको गद्दी सम्हालेपछि सन् २००८ मा पाँच करोडबाट पहिलो कम्पनी सुरु गर्ने गुरमितले ९ वर्षमा १४ वटा कम्पनी खडा गरिदिए ।

फिल्म निर्माणदेखि रिटेलिङ, म्यानुफ्याक्चरिङ, सफ्टवेयर, कम्युनिकेशन, रियल इस्टेट, मिडिया ब्रोडकास्टिंग, टूर–ट्राभल एण्ड हस्पिटालिटी सेक्टरका १४ कम्पनीको सन् २०१५–१६ मा कारोबार ७७६.३९ करोड भारु रहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!