संगालोखबर

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकामा हुने ११औं संस्करणको रारा गोल्डकप फुटबल प्रतियोगिताका लागि नेपाली टिमका पूर्व राष्ट्रिय खेलाडी बिमल घर्ती मगरले सहयोग गरेका छन् ।

Advertisement

रारा फुटबल क्लब राजारानीको आयोजनामा हुन लागेको प्रतियोगिताका लागि मगरले २० हजार रुपैयाँ सहयोग गरेका हुन् । मगर हाल अष्ट्रेलियामा व्यावसायिक फुटबल खेलिरहेका छन् । आगामी जेठ १० गतेबाट उक्त प्रतियोगिताका सञ्चालन हुँदैछ ।

विभिन्न ८ वटा टिमको सहभागिता हुने प्रतियोगिता जेठ १६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि विभिन्न व्यक्ति तथा संस्थाले सहयोग गरिरहेका छन् ।

प्रतियोगितामा आयोजक रारा फुटबल क्लब राजारानी धनकुटा, सल्हेश युथ क्लब सिरहा, विर्तामोड युनाइटेड एफसी झापा, भोजपुर डिस्ट्रिक्ट एफसी भोजपुर, रियल स्टार युथ क्लब हेटौँडा, डाँडाबजार एफसी धनकुटा, डाँगीहाट युथ क्लब मोरङ र गोल्डेन स्टार युथ क्लब सुनसरीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!