संगालोखबर संवाददाता
तस्बिरः क्यान

विराटनगर । आउँदो महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको घोषणा गरिएको छ । टोलीमा पुराना र केही नयाँ खेलाडी समावेश गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा अनुभवी बलर सोमपाल कामी र करन केसी तथा कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी लगायतले स्थान पाएका छन् ।

Advertisement

यसैगरी, प्रतिश जीसी, सन्दीप जोरा र अनिल साहले अवसर पाएका छन् । आरिफ शेख, विनोद भण्डारी र लोकेश बम टोलीमा छैनन् । नेपाल प्रतियोगिताको समूह ‘डी’ मा नेदरल्याण्ड र अन्य तीन टेष्ट खेल्ने मुलुकहरु बंगलादेश, श्रीलंका र दक्षिण अफ्रिकासँगै छ ।

नेपाली टोलीले जुन ४ मा नेदरल्याण्ड्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालले दशक वर्षपछि टी–२० विश्वकप खेल्ने अवसर पाएको हो ।

विश्वकप खेल्ने नेपाली टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी, अबिनाश बोहरा, प्रतिश जिसी, ललित राजवंशी, सागर ढकाल र कमलसिंह ऐरी र अनिलकुमार शाह रहेको क्यानले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!