ज्यो.प.तुलसी भारद्वाज निरौला

मेष– धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ । घरखर्च पनि बढ्नेछ।

वृष– पेटको समस्याले  सताउन सक्छ, सचेत रहनुपर्नेछ ।

Advertisement

मिथुन– धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्नेछ । कृषि र पशुपालनबाट फाइदा होला ।

कर्कट– कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिनेछ । नया काम बन्नेछ ।

सिंह– विद्यार्थीहरूमा पढाइलेखाइको स्तर खस्कनेछ । पारिवारिक समस्याहरू देखा पर्नेछन् ।

कन्या– धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ।

तुला– सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ ।

वृश्चिक– पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ ।

धनु– आर्थिक अभावले भने अलि सताउनेछ । व्यवसायमा केही उतारचढाव आउला ।

मकर– बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ । कुटुम्बको सहयोग प्राप्त होला ।

कुम्भ– सन्तानबाट सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन ।

मीन– आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन्।  यात्राको योग छ ।

ज्यो.प.तुलसी भारद्वाज निरौला

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!