एजेन्सी ।बलात्कारी बाबा गुरमित राम रहिम जेलमा आफ्नी ‘हनी’ का लागि तड्पिरहेका छन् । रामरहिमले सिआईबी कोर्टसमक्ष हनिप्रितलाई जेलमा उनीसँगै बस्नका लागि अनुमती दिनका लागि अपिल गरेका छन् ।

Advertisement

हनिप्रित उनकी फिजियोथेरापिस्टका साथै मसाज गर्ने व्यक्ति पनि भएकाले उनलाई आफूसँगै बस्न दिइयोस् भन्ने निवेदन पेश गरेका छन् । सिबिआई अदालतले राम रहिमलाई पूर्व साध्वीमाथि बलात्कार गरेका दुई मुद्दामा १०–१० वर्षको सजायँ सुनाएको छ । उक्त सजायँ उनले बेग्लाबेग्लै भोग्नुपर्नेछ ।

हरियाणा पुलिसले हनिप्रित इन्साविरुद्ध लुकआउट नोटिस जारी गरेको छ । हनिप्रितमाथि  गुरमितलाई जेलबाट भगाउने षड्यन्त्र रचेको आरोप लागेको छ । अदालतले दोषी ठहराएपछि हनिप्रित उनीसँग भाग्न चाहन्थिन् ।

केही दिन अघि मेल टुडेसँगको कुराकानीमा हनिप्रितका पूर्व श्रीमानले डेरा सच्चा सौदा प्रमुखको आफ्नी धर्मपुत्री हनिप्रितसँग यौन सम्बन्ध भएको दाबी गरेका थिए । यद्यपी, डेरा सच्चाले यी आरोप अस्विकार गरेका थिए ।

सँगै बस्नका लागि ‘पिता–पुत्री’ को अदालतसामू हारगुहारः

दोषी ठहराएपछि ‘पिता–पूत्री’ ले अदालतसमक्ष सँगै बस्नका लागि हारगुहार गरेका थिए । हनिप्रितले आफ्ना वकिलमार्फत अदालतमा निवेदन दिएका थिए जबकी गुरमित राम रहिमले अदालतमा निवेदन पेश गरेका थिए । अदालतले दुबैको गुहारलाई खारेज गरिदिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!