काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षमा रञ्जित तामाङ विजयी भएका छन् । एकताको २१ औं राष्ट्रिय सम्मेलनमा भएको निर्वाचनबाट तामाङ विजयी भएका हुन् । मत परिणामको औपचारिक घोषणा गर्न भने बाँकी छ ।

Advertisement

संगठनकै इतिहासमा पहिलोपटक भएको निर्वाचनबाट झापा निवासी तामाङले अर्का प्रत्यासी रुकुम निवासी अनिल शर्मालाई हराए ।

उपाध्यक्षहरुमा सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, दिपक देवकोटा र विजय गौतम विजयी भएका छन् । उनीहरु खुलातर्फबाट उपाध्यक्ष चुनिएका हुन् । यसैगरी महिला उपाध्यक्षमा पञ्चा सिंह, जनजाति उपाध्यक्षमा दिपेश पुन र मधेशी उपाध्यक्षमा रविकिरण यादव विजयी भएका छन् ।

महासचिवमा उत्तम अधिकारी निर्वाचित भए । उनले खेमबहादुर सिंहलाई पछि पार्दै संगठनको शक्तिशाली मानिने महासचिव पद जितेका हुन् ।

उपमहासचिव जीपी मैनाली, तुकमान महरा निर्वाचित भएका छन् । आशा तमु यसअघि नै महिला कोटाबाट निर्विरोध उपमहासचिव चुनिएकी थिइन् ।

कोषाध्यक्षमा केशव रावल विजयी भएका छन् । खुला सचिवमा डीबी साउद र नरेश रेग्मी तथा महिला सचिवमा गंगा दाहाल विजयी भएका छन् । विभिन्न क्लष्टहरुबाट अखिल क्रान्तिकारीका १६ जना सचिव चुनिएका छन् ।

नयाँ नेतृत्व चयन गरेसँगै यही भदौ ७ गतेदेखि सुरु भएको सम्मेलन सकिएको छ । नयाँ नेतृत्व चयन र सम्मेलनले गरेका निर्णयहरुबारे जानकारी दिन शनिबार बिहान ९ः३० बजे कीर्तिपुरस्थित स्मृति हलमा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!