ज्यो.प.तुलसी भारद्वाज निरौला

मेष राशि– चु. चे. चो. ला. लि. लु. ले. लो. अ.
धार्मिक कार्य गर्नमा मन जाने साता छ । धन लाभ हुने विभिन्न बाटाहरु आउने छन् । व्यवहारिक कठिनाइहरु विस्तरै समाधान हुदै जानेछन् । सञ्चार क्षेत्रमा काम गर्नुहुनेहरुका लागि यो साता फलदायी रहने छ । नयाँ कामको प्रस्ताव पनि आउन सक्छ होस पु¥याएर निर्णय दिनु होला । सोमवारको दिन लत्ता कपडामा पैशा खर्च होला ।

बृष राशि– इ. उ. ए. ओ. वा. वि. वु. वे. वो.
रमाइलो वातावरणमा कामहरु गर्न पाईने साता रहेको छ । काम गर्नमा आवस्यक सहास र शक्ति प्राप्त होला । नचिताएको व्यक्तिबाट सहयोग मिल्नेछ.। छोटो यात्रामा पनि रमाउन पाउनु हुने छ । प्रेम प्रसङ्गमा पनि प्रगति होला । साताको अन्त्य तिर शुभ समाचार सुन्नाले मन खुशि रहला ।

Advertisement

मिथुन राशि– क. कि. कु. घ. ङ. छ. के. को. ह.
साता मध्यम किसिमको छ । अरुको सरसहयोगमा समय खर्चनु पर्ला । घर परिवारको शुभ समाचार सुन्न पाइनेछ । यो साता फजुल खर्च गर्नबाट भने जोगिनु पर्ने देखिन्छ । शुक्रवारको दिन रमाइलो गर्ने अवसर पनि प्राप्त होला । कर्मचारी वर्गका लागि फलदायी साता छ । शनिवारको दिन फलामका सामग्रीबाट सावधानि अपनाउनु होला ।

कर्कट राशि– हि. हु. हे. हो. डा. डी. डु. डे. डो.
यो साता सानातिना काममा पनि बढी समय लाग्न सक्छ । बोलि संग सम्बन्धित काममा प्रसस्त लाभ मिल्ने देखिन्छ । भाग्योदयको पनि सम्भावना रहेको छ । घर परिवारमा विवाह आदि शुभ कार्यका बारेमा आवश्यक सरसल्लाह होला । छोटो समयको लागि भन्दा पनि पछिका लागि काममा शुभ सङ्केतहरु देखिनेछन ।

सिंह राशि– मा. मि. मू. मे. मो. टा. टि. टू. टे.
बोलीको प्रभावका कारण प्रेममा सफलता पाइनेछ । सामाजिक काममा पनि सरिक भइउएला । सवारी साधन अनि हतियार संग भने सावधानि अपनाउनु पर्ने देखिन्छ । शुक्रवारको दिन तपाईंको आफन्तजन संग पनि मिलन हनेछ । यहि साता तपाईंले अरुको सहयोग पनि गर्नु पर्ने गर्न देखिन्छ । छोटो अनि महत्वपूर्णयात्रा हुने समय सम्भावना रहेको साता छ ।

कन्या राशि– टो. पा. पी. पू. ध. ण. ठ. पे. पो.
सुख प्राप्त गर्नसकिने हप्ता रहेको छ । लामो समय देखि रोकिएका कामहरु यहि साता सम्पन्न होलान् । रमाइला गफगाफ गर्न पनि पाइने समय छ । इष्टमित्रहरुसित भेटघाट होला अनि खानपिन तथा मनोरञ्जन पनि प्राप्त होला । आइतबारको दिन आफ्नै निर्णयबाट केही काम गर्नसक्नु हुन्नेछ । सङ्गित कर्मीहरुका लागि धेरै नै राम्रो किसिमको साता रहेको छ ।

तुला राशि– रा. रि. रु. रे. रो. ता. ति. तु. ते.
मायालुले राम्रो साथ दिने साता छ । र्आिथक हिसावले राम्रो साता छ । अनावस्यक खर्चगर्नबाट भने जोगिनु होला । अरुको सहयोग कमै मिल्ने साता छ । शारीरिक कान्तिमा पनि वृद्धि हुने समय छ । नबनेका कामहरु सजिलै संग बन्दै जानेछन । अनि यो साता पठन–पाठनमा पनि राम्रै संग मन जाने देखिन्छ ।

बृश्चिक राशि– तो. ना. नि. नु. ने. नो. या. यि. यू.
सवैको सहयोग मिल्ने साता रहेको छ । अपत्यारिला कामहरु पनि सम्पन्न होलान । तर शनिवारको दिन शत्रुपक्षबाट बाधा उत्पन्न होला त्यसैले तपाईंले त्यो दिन जोगिउर काम गर्नु पर्ने देखिन्छ । तपाईले सोचे अनुरुप नै प्राय कामहरु बन्दै जानेछन् । चल अचल सम्पत्तिका बारेमा पनि आवस्यक सरसल्लाह हुने साता रहेको छ ।

धनु राशि– ये. यो. भा. भी. भू. ध. फा. ढा. भे.
बुद्धिमत्तापूर्ण तरिकाले केही गर्नसकिने साता छ । प्रशस्त धन प्राप्ति तथा सवारीसाधन किन्ने योग पनि परेको छ । नयाँ कामको वातावरण आउने छ । इलेक्ट््रीकल सामग्रीको काम गर्नेहरुका लागि राम्रो किसिमको साता रहला । प्रेम प्रसङ्गमा घर परिवारको राम्रो सहयोग मिल्ने देखिन्छ । यात्रा पनि हुने साता छ ।

मकर राशि– भो. जा. जी. जू. जे. जो. ख. खि. खु. खे. खो. गा. गी.
यो साता तपाइको खर्चराम्रै संग भएपनि कामकै प्रसङ्गमा हुने सम्भावना छ । अरुहरुले पनि यो साता तपाईको कामको सहि मूल्याङ्कन गर्नेछन् । बुधबारको दिन कुनै उपहार अथवा पुरस्कार प्राप्त होला । यो साता तपाईंले र्र्आिर्थक कारोवार गर्दा भने सावधानि अपनाउनु पर्नेछ । कलाकारिता तथा साहित्य क्षेत्रमा हुनुहुनेहरुका लागि उत्साहजनक साता रहेको छ ।

कुम्भ राशि– गु. गे. गो. सा. सी. सू. से. सो. दा.
साता राम्रो छ । साथिहरुसँग भेटघाट होला, खानपान र मनोरञ्जन गर्नमा पनि यथेष्ट अवसरहरु मिल्नेछन् । मान प्रतिष्ठा र सामाजिक हिसाबमा पनि यश वृद्धि होला । मंगलबारको दिन खानपिनमा सावधानि अपनाउनु पर्ने देखिन्छ । प्रगति गर्ने बेला छ पयास गर्नु होला । काममा प्रसस्त मात्रामा मन लगाउनु भए धेरै नै उपलब्धि हासिल हुने साता रहेको छ ।

मीन राशि– दी. दु. थ. झ. ञ. दे. दो. चा. ची.

रमाउने काममा यो सााता सरिक हुनुहुने छ । तरल पदार्थको काममा प्रसस्त लाभ मिल्ने देखिन्छ । कुरा काट्ने मान्छेहरु प्रसंशा गर्न थाल्नेछन । समाजमा राम्रो किसिमको छाप छोड्न सक्नु हुनेछ । दाम्पत्य जीवन अनि प्रेम प्रसंगमा भने मनमुटावको सम्भावना रहेको छ । नयाँ काम गर्न वातावरण अनुसार यथेष्ट लाभ लिन सकिने छ ।

ज्यो.प.तुलसी भारद्वाज निरौला

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!