संगालोखबर सम्बाददाता

विराटनगर । विराटनगर महानगरपालिकाले सेवामूलक सङ्घसंस्थाहरूलाई विद्युतीय चुल्हो वितरण गरेको छ । ज्येष्ठ नागरिक सेवा केन्द्र, मानव सेवा आश्रम, आधारभूत विद्यालय, बालआश्रम, वडा कार्यालय, स्वास्थ्य चौकी, प्रहरी कार्यालय, ज्येष्ठ नागरिक क्लबलगायत संस्थालाई चुल्हो वितरण गरिएको हो ।

Advertisement

महानगरमा आयोजित कार्यक्रममा कार्यवाहक मेयर शिल्पा निराला कार्कीसहित सम्बन्धित वडाका वडाध्यक्षले चुल्हो वितरण गरे । महानगरमा १५७ वटा चुल्हो माग भएपनि १३९ वटा वितरण गरिएको वडा नम्बर ३ का वडाध्यक्षसमेत रहेका वन, वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक वासुबहादुर बस्नेतले जानकारी दिए । एउटा संस्थालाई १० वटासम्म चुल्हो दिइएको छ ।

ग्यासको खपत कम गर्ने उद्देश्यले विद्युतीय चुल्हो वितरण गरिएको कार्यवाहक मेयर कार्कीले बताइन् । चुल्हो प्रयोग भए/नभएको विषयमा महानगरले अनुगमन गर्ने उनले जानकारी दिइन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!