विराटनगर । भन्सार छलेर ल्याइएको दुई लाख भन्दा बढी मूल्यको कपडा र किराना सामान विराटनगर बसपार्कबाट बरामद भएको छ । १ लाख ६३ हजार बराबरको कपडा र ४४ हजार मूल्य बराबरको किराना सामान प्रहरीले नियन्त्रणमा लिएको हो ।
कुर्था सुरुवाल, सर्ट, लेगिज, भेस्ट लगायत कपडा बरामद भएको छ । टाउकोमा बोकेर लैजाँदै गरेको अवस्थामा प्रहरी पुगेपछि सामान छोडेर मान्छे भागेको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले समान नियन्त्रणमा लिएको हो । बरामद सामानलाई प्रहरीले आवश्यक प्रकृयाका लागि भन्सार कार्यालय विराटनगर बुझाएको छ ।