संगालोखबर सम्वाददाता

विराटनगर, २३ भदौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेश नामकरणमा उत्पन्न विवादलाई संम्वादका माध्यमबाट हल गर्नुपर्ने बताएका छन् । समाजवादी मोर्चाले सोमबार विराटनगरमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

Advertisement

नामकरणलाई लिएर असन्तुष्टि सुरु भएलगत्तै आफूले असन्तुष्ट पक्षलाई बालुवाटार बोलाएर संवाद गरेको उनले जानकारी दिए । अब पनि संवादकै माध्यमबाट समस्याको समाधान खोज्नुपर्ने उनको भनाई छ ।

विभिन्न बहानामा परिवर्तन उल्ट्याउन चाहनेहरू सक्रिय रहेकाले उनीहरूले फाइदा उठाउँनेतर्फ सचेत हुनुपर्नेमा उनले जोड दिए ।

फरक प्रसङ्गमा उनले अहिले सरकार ढाल्ने खेल भइरहेको बताए । सरकारले भ्रष्टाचार विरोधी अभियान सञ्चालन गरेकाले त्यसबाट आत्तिएकाहरु सरकारनै ढाल्ने खेलमा लागेको उनको भनाई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!