कलैया । हराएको १४ घण्टापछि कलैया उपमहानगरपालिका–२० बस्तपुर निवासी रामविजय साहका छोरा आज बिहान मृतावस्थामा फेला परेका छन् ।

शनिबार बेलुका करिब ५ बजेदेखि हराइरहेका साहका छ वर्षीय छोरा कन्हैया साहले लगाएको कपडा घरदेखि सय मिटर पर रहेको धनसुन्दर साहको पोखरीको डिलमा भेटेपछि परिवारजनले पोखरीमा खोज्दा बालकको शव भेटिएको प्रहरी प्रवक्ता भुनेश्वर साहले जानकारी दिए।

घटना रहस्यमय भएको हुँदा अनुसन्धान भइरहेको साहले बताए । हत्या हो कि आफै पानीमा डुबेर मृत्यु भएको हो भन्ने बारेमा स्वास्थ्य परीक्षणपछि खुल्ने साहको भनाइ छ । शव कलैया अस्पतालमा राखिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!