काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंह प्रतिनिधि सभाको बैठकमा लुगा खोलेर नाङ्गिएका छन् । सोमबार प्रतिनिधिसभाको बैठक चलिरहँदा सांसद सिंहले लुगा खोलेका हुन् ।
उनले बैठकमा आकस्मिक समय मागेका थिए । सभामुखले समय नदिएपछि त्यसको विरोधमा उनले सर्ट र गन्जी खोलेर नाङ्गिदै विरोध जनाएका हुन् ।
सिंहले लुगा खोलेपछि अन्य सांसदहरुले पनि विरोध जनाए । सभामुख देवराज घिमिरेले असभ्य व्यवहार नदेखाउँन चेतावनी दिए । त्यसपछि सांसद सिंहले लुगा लगाएका छन् ।
अहिले संसद बैठक नियमित चलिरहेको छ ।