विराटनगर । मोरङमा नयाँ प्रमुख जिल्ला अधिकारी आएका छन् । सर्लाही घर भएका बिरेन्द्रकुमार यादव मोरङको प्रमुख जिल्ला अधिकारी बनेर आएका हुन् ।
उनी यसअघि संखुवासभामा प्रमुख जिल्ला अधिकारी थिए । त्यहाँबाट सरुवा भएर यादव गत आइतबार जिल्ला प्रशासन कार्यालय मोरङमा हाजिर भएका हुन् ।
यसैबीच, सीडीओ यादवले बिहीबार मोरङका पत्रकारहरूसँग परिचयात्मक कार्यक्रम गरेका छन् । उनले जिल्लाको अवस्था र गर्नुपर्ने कामको बारेमा पत्रकारहरूसँग सुझाव संकलन गरेका छन् ।