Rabin Katel

धनकुटा । धनकुटा नगरपालिका–६ स्थित धनशोभा राई स्मृति सेवा केन्द्रले ज्येष्ठ नागरिकलाई खाद्यान्न र विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । धनशोभा राईको नबौं स्मृति दिवसको अवसरमा कार्यक्रम गरेर २६ जना ज्येष्ठ नागरिकलाई खाद्यान्न र चार जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

Advertisement

कार्यक्रममा धनकुटा नगरपालिका वडा नं.–३, ४, ५, ६, ७ र ८ मा बसोबास गर्ने विपन्न, फरक क्षमता भएका, एकल, असहाय एवं दलित समुदायका ज्येष्ठ नागरिकलाई खाद्यान्न प्रदान गरिएको छ । प्रतिव्यक्ति एक बोरा चामल, १ किलो नुन, आधा लिटर तेल र एक प्याकेट मसला प्रदान गरिएको हो ।

त्यस्तै, परीक्षामा उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हुने धनकुटा नगरका तीन वटा विद्यालयका चार जना छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिएको हो । कक्षा ९ को वार्षिक परीक्षामा उत्कृष्ट अङ्क ल्याउने गोकुण्डेश्वर माविकी सन्ध्या खत्री, गोकुण्डेश्वर बालमन्दिर माविकी मन्जिला ओझा तथा त्रिवेणी माविका प्रज्वल श्रेष्ठ र संजिता राईलाई जनही १ हजार ५ सयका दरले छात्रवृत्ति रकम प्रदान गरिएको छ ।

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, स्मृति सेवा केन्द्रका अध्यक्ष प्रसादमान राई, सचिव चन्द्रकुमार राई लगायतले ज्येष्ठ नागरिकलाई खाद्यान्न र विद्यार्थीलाई छात्रवृत्ति रकम हस्तान्तरण गरेका छन् ।

खोटाङको फाक्टाङ्ग निवासी धनशोभाको २०४० सालमा निधन भएपछि छोरीहरू मनसरा चौधरी, यसोदा राई र इन्दिरा राईले आमाको स्मिृतिमा ७ लाख ३ हजारको अक्षयकोष स्थापना गरेका थिए ।

२०७१ सालमा जिल्ला प्रशासन कार्यालय धनकुटामा दर्ता भएको स्मृति सेवा केन्द्रले अक्षयकोषको व्याजबाट हरेक वर्ष बिभिन्न सामाजिक काम गर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement