Avatar photoRabin Katel

धनकुटा । नेकपा एमालेकी केन्द्रिय उपाध्यक्ष अष्टलक्ष्मी शाक्य धनकुटा आउँने भएकी छन् । धनकुटा नगरपालिका स्तरीय मिसन ग्रासरुट अभियानको समापन कार्यक्रमका लागि शाक्य धनकुटा आउँन लागेकी हुन् ।

Advertisement

नेकपा एमाले धनकुटा नगर कमिटीले मंगलबार बिहान ११ बजेदेखि पार्टी कार्यालय श्रीवानीमा नगर स्तरीय ग्रासरुट अभियानको समापन कार्यक्रम राखेको छ । सोही कार्यक्रमका लागि उपाध्यक्ष शाक्यलाई प्रमुख अतिथिका रुपमा बोलाइएको नगर कमिटी अध्यक्ष अर्जुन छाराले जानकारी दिए ।

मिसन ग्रासरुट अभियान अन्तर्गतकै कार्यक्रमका लागि शाक्य आज धनकुटा हुँदै तेह्रथुमको छथर गाउँपालिका पुगेकी छन् । त्यहाँको कार्यक्रम पश्चात शाक्य धनकुटा आउँने एमालेले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement