सुनसरी, ९ भदौ । सुनसरीको धरान उप–महानगरपालिका–१५ स्थित बिषमपथमा बिहीबारराती आफ्नै भाईले छुरा प्रहार गर्दा दाजु घाईते भएका छन ।
सामान्य बिबाद हुँदा स्थानीय ३७ बर्षीय राजु बिकलाई आफ्नै भाई २१ बर्षीय जोन बिकले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । उनले आफ्नै घरको कोठामा दाजुमाथी छुरा प्रहार गरेका थिए ।
छुरा प्रहारबाट घाईते बिकको बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । छुरा प्रहार गर्ने जोन फरार छन । उनको खोजी भईरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।