Rabin Katel

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा रोजगारी सिर्जना गर्ने क्षेत्रलाई प्राथमिकता दिन स्थानीय तहका जनप्रतिनिधिहरूलाई सुझाव दिएका छन् । मंगलबार गाउँपालिका राष्ट्रिय महासंघ कोशी प्रदेशको दोस्रो अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो सुझाव दिएका हुन् ।

Advertisement

मुख्यमन्त्री कार्कीले पहुँचका आधारमा विकासको बजेटलाई जथाभावीरुपमा सडक, पुल र भवन जस्ता अनुत्पादक क्षेत्रमा मात्र बढी खर्च नगर्न आग्रह गरे । अहिलेकै गतिमा सडक, पुल र भवन निर्माणमा बजेट खर्च गर्दै जाने हो भने आगामी तीन वर्षमा तिनको मर्मत सम्भारका लागि बजेटको आकारलाई दोब्बर बनाउनुपर्ने अवस्था रहेको मुख्यमन्त्री कार्कीले बताए । पुँजीगत खर्च गर्दा सङ्घीय र प्रदेश सरकार भन्दा पनि स्थानीय सरकार बढी जिम्मेवार हुनुपर्नेतर्फ सचेत गराउँदै मुख्यमन्त्री कार्कीले जनतामा वितृष्णा बढाउने किसिमका योजनामा लगानी नगर्न आग्रह गरे ।

पालिका सौन्दर्यकरण हुने योजनातर्फ पनि ध्यान दिन मुख्यमन्त्री कार्कीको सुझाव छ । उनले राजस्व वृद्धि हुने गरी काम गर्न पनि जनप्रतिनिधिहरूलाई निर्देशन दिएका छन् । गोरुगाडादेखि गुन्द्रुक बिक्री गर्नेसम्मलाई करको दायरामा ल्याएको विगतको अभ्यास स्मरण गराउँदै उनले लोकप्रियताका नाममा कर छुट दिने र वृद्धि गर्ने भन्दा पनि दायरा बढाउनेतर्फ ध्यान दिनुपर्ने बताए ।

अहिलेको बजेटबाट धेरै काम गर्न नसकेपनि स्थानीय तहलाई बलियो बनाउने र स्थानीय तहसँग समन्वय गरेर काम गर्न सकिने मुख्यमन्त्री कार्कीले बताए । उनले भने, ‘गाउँपालिकाहरुलाई एक भन्दा पनि दुई वा सो भन्दा बढी पालिका सहभागि हुने सामुहिक योजना निर्माणमा ध्यान दिनुहोस्, त्यस्ता सामूहिक योजनामा प्रदेश सरकारको प्राथमिकता रहनेछ ।’

मुलुक सङ्घीयतामा गएपछि विकास निर्माणका कामले गति लिएको स्मरण गर्दै मुख्यमन्त्री कार्कीले संघीय सरकारले २० वर्षमा गर्न नसकेको विकासको काम प्रदेश सरकारले पाँच वर्षमै गरेको तथ्यांक प्रस्तुत गरे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement