विराटनगर । प्रदेश १ लाई ‘कोशी प्रदेश’ नामकरण गरिएको छ । प्रदेश सभाको दुई तिहाई भन्दा बढी मतले प्रदेशको नामकरण टुंग्याएको हो ।
९३ सांसद रहेको प्रदेश सभामा ‘कोशी प्रदेश’ को पक्षमा ८२ सांसदले मतदान गरेका छन् । विपक्षमा ४ मत मात्र खसेको छ । ६ सांसद भने मतदानमा अनुपस्थित थिए । योसँगै अब मुलुकका सात वटै प्रदेशको नामकरण प्रकृया टुंगिएको छ ।