Rabin Katel

झापा । झापाका दुई युवाले साढे तीन करोडको लगानीमा बिर्तामोड नगरपालिका–१ मा ‘मेटल इन्डस्ट्री’ सञ्चालन गरेका छन् । बाह्रदशी गाउँपालिका–३ का नवीन भण्डारी र गौरादह नगरपालिकाका चेतनाथ निरौलाले नमस्ते मेटल एण्ड इन्जिनियरिङ् वक्र्स कम्पनीमार्फत उद्योग सञ्चालन गरेका हुन् ।

Advertisement

आर्थिकमन्दीकै समयमा युवाहरूले उद्योग सञ्चालन गरेर सुरुवाती चरणमा २० जनालाई रोजगारी दिएका छन् । उद्योग पूर्णरुपमा सञ्चालन हुँदा सय जनाले रोजगारी पाउने उद्योग सञ्चालक भण्डारी बताउँछन् । व्यवस्थापकीय तथा प्रशासनिक क्षेत्रमा अनुभव बटुलेका भण्डारी ११ वर्षअघिदेखि प्राध्यापन पेशामा संलग्न छन् ।

मेटल इन्डष्ट्रिमा १८ वर्षको अनुभव बटुलेका अर्का सञ्चालक निरौला इन्जिनियर हुन् । उनीहरु दुवै मिलेर संयुक्त लगानीमा उद्योग सञ्चालन गरेका हुन् ।

नेपालमा चलेका बिग मार्ट, गार्डेन मार्ट, सुपर मार्केट र हाइपरमार्केट, स्कूल तथा कलेजका आधुनिक मोडलमा डेक्स बेञ्च समेत उत्पादन गराउने उद्देश्यले मेटल इन्डष्ट्रि सञ्चालन गरिएको निरौलाले बताए ।

इन्डष्ट्रीले डिपार्टमेन्ट स्टोरका ¥याक, हस्पिटल बेड तथा इक्वीपमेन्ट, मेटल चेयर, लकर, मेटल प्यालेट, फलामको फर्निचरका डाई लगायत सामग्री उत्पादन गर्नेछ । यस्तो उद्योग प्रदेश १ मै पहिलो पटक सञ्चालन गरिएको उद्योग सञ्चालकहरुको दावी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement