Rabin Katel

धनकुटा । धनकुटा नगरपालिकाको दोस्रो नगर सभा सोमबार सम्पन्न भएको छ । चार वटा निर्णय तथा प्रस्ताव सर्वसम्मत पारित गर्दै नगर सभा सम्पन्न भएको हो ।

Advertisement

नगर प्रमुख चिन्तन तामाङको अध्यक्षतामा भएको नगरसभामा उपप्रमुख भिमादेवी खनालले प्रस्तावहरू प्रस्तुत गरेकी थिइन् । नगरका प्रवक्ता जम्सेर राईका अनुसार नगर सभाले बिनियोजन ऐन संशोधन गरेको छ । त्यस्तै, गत साउनदेखि हालसम्म नगर कार्यपालिकाले गरेका निर्णयहरूलाई पनि नगर सभाले अनुमोदन गरेको छ ।

सभाले संघ, प्रदेशबाट वा नगरको सञ्चित कोषबाट बजेट प्राप्त भएमा सञ्चालन गर्ने गरी १४ वटा योजना तथा कार्यक्रमलाई स्वीकृति दिने प्रस्ताव पनि पारित गरेको छ ।

कार्यपालिकामा कार्यरत कर्मचारीहरूको तलबी प्रतिवेदन पनि नगर सभाले स्वीकृत गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले जानकारी दिए ।

नगर सभामा नगरप्रमुख, उपप्रमुख, १० वटै वडाका वडाध्यक्ष, वडा सदस्यहरू र कार्यपालिकाका सदस्यहरू सहभागि थिए । गत बैशाख ३० गते स्थानीय तह निर्वाचन भएको थियो । निर्वाचनबाट नगरको दोस्रो कार्यकालका लागि जनप्रतिनिधिहरू चुनिएपछि गत असारमा धनकुटा नगरपालिकाको पहिलो नगर सभा भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement