संगालोखबर सम्बाददाता

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–२ बाट मोटरसाइकल चोरेर भागेका दुई जना युवा विराटनगरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा नगरपालिका–१ का सौगात थापा र इटहरी–२ का दुर्गेस चौधरी छन् ।

Advertisement

मोटरसाइकल चोरेर भागेको ११ दिनपछि बिराटनगर–११ बाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गत माघ २५ गते इटहरीमा पार्किङ गरेको ठाउँबाट इटहरी–२ का बिक्रम खड्काको प्रदेश १–०२–०४० प ३३१८ नम्वरको सुपर स्पेल्डर मोटरसाइकल हराएको थियो ।

खोजी गर्ने क्रममा फेला पारेर उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाविरुद्ध प्रहरीले जिल्ला अदालत सुनसरीमा मुद्दा दायर गरेर कारबाही प्रकृया अघि बढाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!