Sangalo Khabar

गाईघाट । उदयपुरमा नयाँ प्रहरी प्रमुख आएसँगै लागूपदार्थबिरुद्वको अभियानले तीब्रता पाएको छ ।

Advertisement

दुई हप्ताअघि सरुवा भई आएका प्रहरी उपरीक्षक नवराज भट्टले जिल्लाकै सबैभन्दा ठूलो एवं जटिल समस्याको रुपमा रहेको लागूपदार्थ तथा दूव्र्यशन नियन्त्रण अभियानलाई अगाडी बढाएका हुन् ।

‘कुराभन्दा बढी काम’ गर्ने प्रबृत्तिमा देखिएका नयाँ एसपी भट्टको नेतृत्वमा जिल्ला प्रहरी उदयपुरले बिभिन्न लागूपदार्थ प्रयोग गर्ने सम्बन्धी मुद्वाका ३३ जनालाई पक्राउ गरेको छ । जसअन्तर्गत म्याद थप पक्राउ परेको संख्या आठ जना देखिएको छ ।

त्यस्तै पक्राउमध्ये २५ जनाको नाममा म्याद थप नभएको उल्लेख छ । यी ३३ जनालाई जिल्लाको बिभिन्न ठाउँमा लागूपदार्थ सेवन गरीरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेकाहरुको साथबाट गाँजा ५०० ग्राम, लुपिजेसिक ४ एम्पुल, फेनारगन ३ एम्पुल, डाईजे ल्याप ३ एम्पुल, फोडवीन १ एम्पुल र उनीहरुले प्रयोग गर्दै आएको दुई वटा मोटरसाईकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै तीमध्ये अध्ययनपछि दुईजनाबिरुद्व लागूपदार्थ सेवनकर्ताको रुपमा मुद्धासमेत दर्ता भएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement