काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकार छाड्ने निर्णय गरेको हो ।
रास्वपाबाट डोलप्रसाद अर्याल श्रममन्त्री, शिशिर खनाल शिक्षामन्त्री र डा. तोसिमा कार्की स्वास्थ्यराज्यमन्त्री छन् । रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथ गृहमन्त्री थिए । तर नागरिकता मुद्दामा सर्वोच्च अदालतले माघ १३ गते सांसद पद खारेज गरेपछि उनी पदमुक्त भएका थिए ।