Rabin Katel

धनकुटा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र राईले आफू अहिले थोरै बोल्ने तर, धेरै काम गर्ने योजनामा रहेको बताएका छन् ।

Advertisement

गृह जिल्ला धनकुटा आइपुगेका मन्त्री राईलाई आज नेकपा एमाले छथर जोरपाटी गाउँपालिका कमिटीले आयोजना गरेको बधाई तथा शुभकामना प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले यस्तो बताएका हुन् । पुरा नहुने गरी धेरै आश्वासन बाढ्ने भन्दा पनि जनताको चाहना अनरुप थोरै बोल्ने तर धेरै काम गर्ने सोचमा रहेको मन्त्री राईले बताए ।

आफू जनतासँग सधैँ नजिकको सम्बन्ध कायम राख्ने भन्दै उनले केही समस्या परेमा आफूलाई सिधै सम्पर्क गर्न पनि आम नागरिकहरुलाई आग्रह गरेका छन् । फरक प्रसङ्गमा मन्त्री राईले केही दिनभित्रै भूमि आयोग नयाँ गठन गरिने जानकारी दिए । आफ्नो मन्त्रालयको कार्यक्षेत्र भित्र पर्ने सकेसम्म बढी काम जनताको चाहना अनरुप गर्ने उनले योजना सुनाए ।

राईलाई बधाई दिन नेकपा एमाले छथर जोरपाटी ६ नं. वडा कमिटीले पनि कार्यक्रम आयोजना गरेको छ । मन्त्री बनेपछि दोस्रो पटक गृह जिल्ला धनकुटा आइपुगेका मन्त्री राई केही दिन जिल्लामै जनतासँगको भेटघाटसहितका कार्यक्रममा रहने उनको सचिवालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement