Rabin Katel
सुष्मा ढकाल, धनकुटा

कसैको साथबिना खास हुन्न रहेछ जिन्दगी
सधै भरी एकै नास हुन्न रहेछ जिन्दगी

क्षण भरमै यहाँ सपना बिलाउँछन्
समय हामी कसैको दास हुन्न जिन्दगी 

Advertisement

यो मनले त भन्छ प्रेम देउ प्रेम लेउ
सबैको दिलमा प्रेमको बास हुन्न जिन्दगी

टुट्छन् जब कलिला रहरहरू मनैदेखि
जोडी–गासी पलाउने आश हुन्न जिन्दगी 

आत्मा अमर छ भने व्यर्थै यो शरीर
मरेर यो देह लास हुन्न जिन्दगी

जलन र पीडा छातीभित्र राखी चल्छ जिन्दगी
खुशीहरु बटुल्ने जमर्को मै टुटी दिन्छ जिन्दगी 

पल पलमा एउटा नयाँ कहानी जोडिदै जान्छ
आफै बन्ने बिग्रनेको खेल खेलाउँदछ जिन्दगी

दुखी क्षणहरू खुशीसँग साटन आतुर हुन्छ
जिउने हौसला तुइन्छ, जटिल भैदिन्छ जिन्दगी

अनेकौं राजको खानि अभिलेख बनेको हुन्छ
लुकाएका राज अन्जानैमा खुलाइदिन्छ जिन्दगी

हरेक शिशिरपछिको बसन्तको प्रतिक्षा हुन्छ
रहर भएर नि के गर्नु कहर बनिदिन्छ जिन्दगी

जीवन एक संघर्ष हो, मुकाबिला गर्ने पर्ने हुन्छ
बन्ने बिग्रने समयको खेल हुन सक्छ यो जिन्दगी

आरोह र अवरोहको शृङ्खलाको अभिलेख अनि
हरेक दिनमा थपिने किताबका पन्ना हो जिन्दगी

कसैको साथ बिना खास हुन्न जिन्दगी
सबको दिलमा प्रेमको बास हुन्न जिन्दगी
 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement