इलाम । छ दिनअघि खोलाले बगाएर बेपत्ता बनेका इलाम बास्केट बल संघका अध्यक्ष रोहन आचार्यको शव शनिबार इलामको माइखोलामा फेला परेको छ ।

पौडी खेल्ने क्रममा माइखोलाले बगाएर बेपत्ता बनेका ३३ वर्षीय आचार्यको शव राजदूवालीस्थित शिव मन्दिरको छेउमा फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
शनिबार बेलुका नै शव स्काभेटरको सहयोगमा खोलाबाट बाहिर निकालिएको स्थानीय बासिन्दा विशाल भट्टराईले जानकारी दिए।

व्यापक प्रहरी परिचालन गरी खोजी तीव्र बनाइए पनि शव फेला नपरेपछि खोलाले बगाएको दुई दिनपछि नै कुशको शव बनाएर आचार्यको हिन्दू संस्कारअनुसार दाहसंस्कार गरिएको थियो । रासस

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!