Rabin Katel

धनकुटा । धनकुटामा आज दिउँसो १ बजेबाट मतगणना सुरु हुँने भएको छ । बिहान बसेको सर्वदलीय बैठकले मतगणना सुरु गर्ने समय निर्धारण गरेको हो ।

Advertisement

सर्वदलीय बैठकले दिउँसो १ बजेबाट मतगणना थाल्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी दिवेश श्रेष्ठले जानकारी दिए । धनकुटा सदरमुकामको सामुदायिक भवनमा मतगणना हुनेछ । जिल्लाभरका १६४ वटै मतदान केन्द्रबाट मतपेटिका सामुदायिक भवनमा ल्याइएको छ । सबै ठाउँबाट मतपेटिका ल्याउँन बिहान करिब ४ बजेसम्म लागेको थियो ।

सुरक्षालाई मध्यनजर गर्दै मतगणना स्थलमा तारजाली लगाइएको छ । दल तथा उम्मेद्वारका प्रतिनिधिहरु तारजाली बाहिर बस्ने व्यवस्था मिलाइएको छ, भित्र कर्मचारीले मत गन्नेछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement