संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका दुई सय भन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले धनकुटाले शनिवार जिल्ला पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा कांग्रेस र माओवादीका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

Advertisement

माओवादी केन्द्र चौविसे गाउँपालिका ४ नं. वडा कमिटीका अध्यक्ष रोशन भण्डारी, गाउँ कमिटी सचिवालय सदस्य मात्रिका घिमिरे, नेपाली कांग्रेस सहिदभूमि–५ नं. वडा कमिटी सचिव रविना राईसहितका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेस र माओवादी केन्द्रको चौविसे, सहिदभूमि, पाख्रीवास लगायत पालिकाबाट २ सय १४ जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको एमाले प्रचार बिभाग प्रमुख सावित्रा राईले जानकारी दिइन् ।

उनीहरुलाई पार्टी प्रवेश गराउँनका लागि एमालेले ‘बृहत पार्टी प्रवेश’ कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा एमाले केन्द्रिय सदस्य एवं धनकुटा इन्चार्ज राजेन्द्र राई, जिल्ला अध्यक्ष इन्द्रमणी पराजुली, उपाध्यक्ष चिन्तन तामाङ्ग, सचिव निरन राई लगायतले फुलमाला, अविर, ढाका टोपी लगाइदिएर नव प्रवेशीहरुलाई पार्टीमा स्वागत गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!