Rabin Katel

विराटनगर । मोरङको उर्लाबारीमा छठ हेर्न आएका १४ बर्षीय बालकको हत्यामा संलग्न पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उर्लाबारी–६ का १६ वर्षीय मन्जिल माझी, १७ वर्षीय सरोज बस्नेत, सन्देश खवास, विकास तामाङ र उर्लाबारी–७ का १६ वर्षीय सपन खत्री छन् ।

Advertisement

आइतबार राति छठको रमझम हेर्न आएका झापाको दमक–१० का धनबहादुुर श्रेष्ठका छोरा दियुषको हत्या भएको थियो । उनी उर्लाबारी–७ स्थित मावा खोलामा छठको रमझम हेर्न आएका थिए । सोही क्रममा राति करिव १० बजे उनीमाथि छुरा प्रहार भएको थियो । छुरा प्रहारबाट घाइते भएका उनलाई झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो । उपचारकै क्रममा सोमबार बिहान करिव ५ बजे उनको मृत्यु भएको हो ।

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको संयुक्त टोलीले घटनामा संलग्न पाँच जनालाई छुरासहित पक्राउ गरेको हो । घटनामा अन्य व्यक्ति पनि संलग्न रहेको पाइएकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए । पुरानो रिसिवीका कारण घटना भएको प्रहरीको भनाई छ ।

यो पनि…

मोरङको उर्लाबारीमा छठ हेर्न आएका बालकको छुरा हानेर हत्या

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement