- ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

ई.सं. २०२२ अगस्ट २८ नेपाल सम्बत ११४२ गुंलागा ञंलाथ्य पारु, नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु, भदौ शुक्ल पक्ष प्रतिपदा तिथ, चन्द्रमा सिंह राशिमा, पुर्व फाल्गुनी नक्षत्र, सिद्धि योग, बव करण । नेपालमा सूर्र्याेदय बिहान ५ः४० बजे, सूर्यास्त साँझ ६:२८ बजे हुनेछ । आज जन्म लिने बच्चाका सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर निस्कदा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन पर्दा आजका लागि शुभ समय बिहान ८ बजेर ५२ मिनेट देखि १० बजेर २८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आत्मबल र सामथ्र्य प्रदर्शन गरी अरुलाई प्रभावित बनाउन सकिने छ, जसबाट महत्त्वपूर्ण उपलब्धिको बाटो खुल्नेछ । यो तीव्र इच्छाशक्ति र आन्तरिक ऊर्जाले भरिपूर्ण समय हो । व्यक्तित्व विकास र उज्ज्वल भविष्यको कामना राखी काम गर्ने समय हो, प्रयास गरेमा इनसर्भिस अध्ययन वा तालिमको अवसर प्राप्त हुनेछ । लवमेटसित भेटघाट एवं गफगाफ गर्ने मौका जुर्नेछ, त्यस्तै अपेक्षित माया, सहयोग एवं समझदारी कायम हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
धनार्जनका दृष्टिले उत्तम समय देखिन्छ, हाकिम वा मान्यजनको विश्वासपात्र बन्न सकिने छ, घर परिवारबाट पनि सुखद समाचार प्राप्त हुनेछ । अचल सम्पत्ति, शेयर कारोबार, घरेलु प्रयोजनका सामाग्री र भोगविलासका क्षेत्रबाट फाइदा लिन सकिने छ । थोरै समय घरपरिवारमा खर्च गरेको जाती हुन्छ । घरायसी बन्दोबस्तीमा समय दिन पाइँदैन, परिवारका सदस्यहरूले पनि खिन्नता प्रकट गर्नेछन्, त्यस्तै पराइसँग व्यवहार गर्दा निश्चित दूरी कायम राख्नु ठीक हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
गरेको मिहिनेतको राम्रो नतिजा प्राप्त हुनेछ । साथीभाइ र अभिभावकका बीचमा आत्मसम्मान झल्किने अवसर प्राप्त हुनेछ । बन्धुवान्धव र छरछिमेकका काममा सघाउनुपर्ने परिस्थिति बन्नेछ । देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन गर्दा शान्तिको आभास हुनेछ । सहकर्मी र जुनियर स्टाफको काममा अलमलिंदा नियमित काममा बाधा पुग्नेछ, तथापि आत्मसन्तुष्टि र प्रसन्नता मिल्ने दिन हो ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सुख एवं समृद्धि बढ्नेछ, पार्टनरको इच्छानुसार खर्च हुनसक्ने भएकाले बजेटको चाँजो छ छैन, विचार पुर्याउनु होला । आम्दानीको मार्ग बढ्नेछन् । शङ्कास्पद कारोबार र गलत तरिकाबाट समेत धनार्जन गर्ने सम्भावना छ, तर रिस्कमा काम नगर्नु होला । स्थिर कारोबारका माध्यमबाट लाभ लिन सकिने छ । कला, कविता र साहित्यमा रूचि बढ्नेछ तथा यस क्षेत्रकै व्यवसाय छ भने राम्रो मुनाफासमेत हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आफन्त र प्रियजनसँग भेटघाट हुनाले आनन्दित भइने छ, जीवनसाथीलाई प्रसन्न तुल्याउने प्रयास गर्नुहोस्, प्रसन्नतामा अझ बृद्धि हुनेछ । आफ्नो रूचिको विषयमा अगाडि बढ्ने थुप्रै अवसरहरू देखा पर्नेछन् । प्रयास गरेमा खूबी र क्षमताको पहिचान हुने समय छ । इच्छाशक्ति बढ्नेछ भने मानसम्मान र प्रतिष्ठा बढाउन गरिएको काममा सफल भइने छ, हिजोअस्तिका तुलनामा केही न केही धनार्जनको अवसर मिल्नसक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मनको हठ र कुण्ठामा भुलिने समय छ, तर पढाइ छाडेर अन्त भुलिनु भविष्य बिगार्ने कुरा हो भन्ने हेक्का राख्नुपर्छ । अवसर प्राप्तिका निमित्त दौडधूप र परिश्रम गर्नुपर्ने समय हो, तर आफ्ना भावनालाई नियन्त्रणमा राखी व्यवहार गर्नु समुचित हुन्छ, नत्र यसबाट अरुलाई मात्र होइन, आफू स्वयंलाई समेत हानी पुग्नसक्छ । रामरमाइलो गर्न खोज्दा तोकिएको जिम्मेबारीप्रति ध्यानकेन्द्रित गर्न सकिंदैन, त्यस्तै कुनै पुरानो समस्या सुल्झाउने क्रममा पनि दिन बित्नसक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सरकारी कामकाज वा प्रशासनिक समस्या देखिएका छन् भने कागजपत्र मिलाउन उपयुक्त समय छ । सँगीसाथी र सहयोगीले तपाईंको काममा सहयोग गर्नेछन् । सरकारी काम, ठेकापट्टा वा अन्य कुनै कारोवार छ भने अड्किएको काम फुकाउन सकिने दिन हो । प्रयास गरेमा आज जुनसुकै क्षेत्रमा लाभ पाउन सकिन्छ । आर्थिक एवं व्यवहारिक दुवै पक्ष बलियो छ, व्यक्तिगत प्रतिष्ठाका लागि अझ धेरै खट्ने समय हो । पारिवारिक उन्नतिका लागि कुनै नवीन कार्यको शुभारम्भ हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
कर्मक्षेत्रमा दिलचस्पी जाग्नुका साथै नाम र व्यक्तित्वको सुगन्ध फैलने समय हो । व्यक्तित्व निर्माण वा प्रतिष्ठा बृद्धिको कुनै अवसर प्राप्त भएमा त्यसमा लागी पर्नु राम्रो हुन्छ । कर्मको प्रतिफल हात पार्ने तथा पदासीन व्यक्तित्वसँग निकटता बढ्ने दिन हो, लगनशील भएमा पुरस्कार र बढुवा पाउन सकिने छ । परिबन्द र बाध्यतामा अलमलिनु पर्ने समय छ, तर पनि आपसी समन्वय र तालमेल कायम रहने दिन हो ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
लामो समयदेखि गर्छुगर्छु भनेर अड्किएका कुनै पनि काम छन् भने सहयोगी र जुनियर स्टाफको सहयोग लिएर फेरि ती काम थाल्नुहोस्, पूर्ण हुनेछन् । लवमेटका तर्फबाट कुनै सुन्दर उपहार प्राप्त हुनेछ, जुन तपाईंको प्रेमसम्बन्धको दीगो प्रतीक बन्नसक्छ । मातापिता र गुरूजनसित अति सुमधुर सम्बन्ध कायम हुनेछ । सुदूर र दुर्गम प्रदेशको भ्रमणको योजना बनाउने दिन हो ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
वैदेशिक प्रयोजनको कुनै व्यवसायिक यात्रामा निस्कन अनुकूल समय रहेको छ । अप्ठ्यारो धन उकास्नु छ वा टाढा पुगेर कुनै लगानी उठाउनु छ भने प्रयास गर्नुहोला । लो ब्लडप्रेसरको समस्या छ भने स्वास्थ्यस्थितिप्रति सचेत हुनुपर्छ, त्यस्तै कुनै चिन्ता वा शङ्काले पिरोलेको छ भने विश्वस्त व्यक्तिसामु आफ्ना कुरा राखेमा मनको बोझ हट्नेछ । किताब, प्राक्टीकल र ल्यापटपमा मात्र घोरिएर दिमाग भारी हुने समय छ, एकाग्रताका लागि ध्यान, मेडिटेशन र योग गर्नु राम्रो हुन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
प्रविधिको प्रयोग गरेर वा अनलाइन गतिविधिमार्फत अतिरिक्त लाभ हुनसक्छ । ढुवानी र आयातनिर्यातको काममा संयमता अपनाउनु ठीक हुन्छ । सुखद वातावरणमा सुखपूर्ण र आनन्दपूर्वक समय व्यतीत हुनेछ । दाम्पत्यसुख बढ्नेछ, साथीभाइ र मित्रवर्गले पनि साथ दिने समय छ । जागरुकता र इच्छा बढ्ने समय हो, तपाईं कला वा अभिनय क्षेत्रको शिक्षार्थी हो भने सोचेको कुरा लिपिबद्ध गर्नुहोला, भविष्यमा काम दिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
व्यक्तिगत इज्जत र साख राख्न सकिने दिन हो, तर पनि स्वाभिमान र घमण्डका कारण केही समस्याहरू सिर्जना हुनसक्छन् । अर्काका कुरा सुनेर पार्टनरको जीवनचर्या र व्यवहारमा शङ्का नगर्नु होला, नत्र आपसी सम्बन्धमा फाटो बढ्न सक्छ । पेसागत र व्यवसायिक परिस्थिति सामान्य रहनेछ, तर स्वास्थ्यस्थितिमा केही उतारचढाव देखिनाले चिन्ता बढ्न सक्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!