- संगालोखबर सम्वाददाता

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा बस दुर्घटना हुँदा आज ६ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । साँझ करिव ५ बजे गुल्मीबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज ५९५२ नम्बरको बस दुर्घटना भएको हो ।

Advertisement

दुर्घटनामा ३ पुरुष र ३ महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि तानसेन अस्पताल लगिएको छ । मृतकको सनाखत हुन बाँकी रहेको र घाइतेहरुको उद्दार कार्य भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!