- ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

ई.सं. २०२२ जुलाइ १७ नेपाल सम्बत ११४२ दिल्लागा चतुर्थी श्रावण कुष्ण प्रतिपदा तिथी, नल नामक संवत्सर, सूर्य दक्षिणायन, ग्रिष्म ऋतु, श्रावण कुष्ण प्रतिपदा तिथी, चन्द्रमा कर्कत राशिमा, उत्तरषाढा नक्षत्र, वैधृति योग, बालक करण । नेपालमा सूर्योदय बिहान ५ः१९ बजे, सूर्यास्त साँझ ७ः०० बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कत राशि कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ४५ मिनेट देखि १० ब सम्म छ । यो समय नेपालको राष्ट्रिय नक्षत्र, शतभिष्य पनि अन्तर हुनेछ ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
जोखिम मोलेर गरेको कुनै कामबाट लाभ पाउन सकिने छ, बुद्धि र विवेकको प्रयोग गरी विगतमा गुमाएका कतिपय विषयलाई समेत प्राप्त गर्न सकिने राम्रो दिन छ । पारिवारिक सुखमा अभिबृद्धि हुने तथा छोराछोरीबाट सन्तोष मिल्ने समय छ । ज्ञान वा अनुभवको प्रयोग गरी कुनै महत्त्वपूर्ण विषयमा लाभ लिन सकिने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कर्मसिद्धिको समय छ, शुभचिन्तकहरूको साथ जुट्ने दिन हो । कार्यक्षेत्रमा जानकार र अनुभवीको तथा घरमा मातापिताको आशीर्वाद प्राप्त गरेमा हरेक काममा सफलता पाउन सक्नुहुन्छ । सेवाग्राही र सिनियर स्टाफलाई रिझाउन सकिने छ । व्यक्तित्व विकासको योजना बनाउने र पदोन्नति वा थप अध्ययनका लागि प्रयास गर्ने दिन हो । कुनै कामका लागि टाढा जानुपर्ने बाध्यता हुनेछ, यद्यपि एकआपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
महत्त्वपूर्ण व्यक्तिहरूको सम्पर्कमा भइने छ र हाँकेरताकेका हरेक प्रतिस्पद्र्धा र सङ्घर्षमा विजयी बन्ने दिन हो । साझेदारीको कामबाट फाइदा हुनेछ । धार्मिक र आध्यात्मिक चेतना बढ्नेछ, इमानजमानको ख्याल राख्नु तथा नियमकानूनको पालना गर्नु ठीक हुन्छ । धार्मिकरसांस्कृतिक काममा खटेर जस पाउने समय छ । सीप र बुद्धिकौशलको प्रयोग गरी मान्यजन र विशिष्ट व्यक्तिको सद्भाव बटुल्न सकिने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
परीक्षा र प्रतिस्पद्र्धामा सामेल हुने हो भने गोपनीयतामा जोड दिनु होला, अनि एक्लै वा एकान्तमा बसेर तैयारी गरेको राम्रो हुन्छ । कसैको चित्त दुखाएर धन वा प्रतिष्ठा प्राप्त गर्ने कोशिस गर्नुहुँदैन । दुराशा र महत्त्वाकाङ्क्षाले केवल निराशामात्र बढ्दछ । आफ्नो काम र लक्ष्यप्रति विश्वस्त हुनु ठीक हुन्छ । कार्यालयमा स्टाफहरूका माझमा समन्वयको कमी छ भने बरु वैठक राखेर सुलह गर्नु राम्रो हुन्छ, नत्र गोपनीयता बाहिरिने र प्रशासनिक समस्या उत्पन्न हुने खतरा हुन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
निर्धारित कार्यक्रमअनुसार प्रेमीप्रेमिकाको मिलन हुने र इच्छाअनुरूप एकान्तमा बस्न पाउने तथा मनका आन्तरिक भावना साटासाट गर्ने दिन हो । शत्रु वा प्रतिद्वन्द्वीको चाकरी गरेर आफ्ना स्वार्थ पूरा गर्नुपर्ने बाध्यता देखिन्छ । आज कारणवश लुक्नुपर्ने वा मोबाइल स्वीचअफ गर्ने परिस्थिति सिर्जना हुनेछ । सधैंभन्दा बढी व्यस्त हुने समय हो, खटेअनुसार फाइदा पनि लिन सकिन्छ, तर बेलुकीपख आफन्त, घरपरिवार र सन्तानका निमित्त समय छुट्याउनु पर्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
स्वास्थ्यस्थितिप्रति सचेत रहनु बेस हुन्छ, खानपान र आहारविहारमा नियमितता नहुनाले कमजोरी महसुस हुने समय छ । खेलकुद, उपहार सामाग्री, स्वास्थ्य र सरसफाइको व्यवसायमा राम्रै देखिन्छ, तर सँगीसाथी र साझेदारको क्रियाकलाप चित्तबुझ्दो नहुन सक्छ । खिसीट्युरी गर्नेहरू प्रबल हुने दिन हो । घमण्ड र जिद्दीपना त्याग्नुहोला, नत्र ठूलो कलहको वातावरण बन्नसक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
बौद्धिक क्षमताको प्रस्फुटन हुनाले सृजनात्मक सफलता मिल्नेछ, सद्विचारबाट प्रेरित भएर काम गर्नुपर्छ, आँटेको काम सजिलै सम्पादन हुनेछ । छोराछोरीको खुसीका लागि समय दिनुपर्ने हुन्छ । कामबाट फुर्सद निकालेर कुनै नजानेको विषयवस्तु र नयाँ ज्ञान सिक्न कोसिस गर्ने समय हो । तर घरिघरि मनमा कल्पना र भावना सलबलाउने परिस्थिति देखिन्छ । आफ्नो कल्पना र भावना साकार हुने दिन हो । आज पार्टनरसमक्ष आफ्ना कुरा थोपर्नेमात्र होइन, उसका कुरा सुनेमा पनि सन्तुष्टि हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
हाँकेरताकेको कुनै काम रोक्नुपर्ने हुन्छ । नयाँ लगानीका लागि उपयुक्त समय होइन, बरु वातावरण र परिस्थितिमा केन्द्रित हुनुपर्ने समय हो । घरपरिवारमा राम्रो छ, विभिन्न कुराको लाभ पाउने समय हो, तर कुरा काट्ने र खिसीट्युरी गर्नेहरूको क्रियाकलाप देखेर खिन्न बन्न सक्नुहुन्छ । पारिवारिक रमझममा भुलिंदा पढाइ बिथोलिन सक्छ, तर कुनै पाठमा कमजोरी देखिएमा सहपाठी साथीहरू वा शिक्षकको सहयोग लिनु जाती हुन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
घरपरिवारभित्र कसैको पेसागत वा व्यवसायिक उन्नतिको समाचार सुन्न पाइने छ, त्यस्तै पारिवारिक जमघट वा भोजभतेरमा सहभागी बन्नुपर्ने दिन छ । कुनै विद्वान् व्यक्तिका साथमा निकटता बढ्ने समय हो, नजानेको कुनै कुरा छ भने दाजुरदिदी वा गुरुरगुरुआमाको सहायता लिंदा लाभ पाइने छ । विशिष्ट व्यक्तित्वसँग उठबस हुनेछ । सामाजिक नेतृत्व हातलागी हुनेछ, अझ सरकारी काम वा राजनीतिमा सक्रिय हुनुहुन्छ भने सानो प्रयासले मात्र पनि ठूलो अवसर पाउन सक्नुहुन्छ

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
कार्यक्षेत्रमा परिवर्तनको धारणा आउन सक्छ, आयका मार्ग सुचारु गर्न र थप आयश्रोत बढाउन चिन्तन गर्ने समय छ । व्यक्तिगत खुसीका लागि कुनै कुरामा खर्च बढ्ने समय हो, आर्थिक पक्ष कमजोर भएमा पार्टनरको सहायता लिन सकिने छ । असन्तुष्टिले डेरा जमाउने दिन छ, मन एकतमासको बन्नेछ, लड्ने, चिप्लने सम्भावना पनि छ, बोल्दा पनि ख्याल राख्नुहोला, नत्र सिनियर्ससित झगडापर्ने दिन हो

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
काममा प्रगति हुने समय छ, तर एकोहोरोपन, जिद्दीपन र घमण्ड आजका शत्रु हुन् भनेर आफूलाई संयम बनाएर काम गर्ने दिन हो । विगतका कुनै चिन्ता र विवादका बारेमा नघोरिनु होला, अब नयाँ ढंगले व्यवहार गर्न सकेमा मात्र प्रेमभाव प्रगाढ बन्नेछ । सञ्चार माध्यमबाट उत्साहमा प्रेरणा प्राप्त हुने समाचार सुन्न पाइने छ । व्यापार र लेनदेनको कारोबारबाट राम्रै फाइदा हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
हिसाबकिताब बिग्रनाले तनाव बढ्ने समय छ, अझ आफन्त नै भए पनि साक्षीजमानी बस्नु वा लेनदेनको काम गर्नु ठीक हुँदैन । पढाइमा होइन, ध्यान अन्तै केन्द्रित हुनसक्छ । मनमा दुविधा छ वा बढी थकान र बोझको अनुभूति भएको छ भने आराम गरेर तन्दुरुस्त हुनु जायज हुन्छ । कामधाममा भन्दा पनि कल्पना र भावनामा केन्द्रित भइने छ । घरपरिवार वा छरछिमेकीका सानातिना जिम्मेबारी बोक्नुपर्ने हुन्छ, तर शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!