- ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

ई.सं. २०२२ जुलाइ १५ नेपाल सम्बत ११४२ दिल्लागा द्वितीया, श्रावण कुष्ण प्रतिपदा तिथी, नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, श्रावण कुष्ण प्रतिपदा तिथी, चन्द्रमा कम्भ राशिमा, उत्तरषाढा नक्षत्र, वैधृति योग, बालक करण । नेपालमा सूर्योदय बिहान ५ः१८ बजे, सूर्यास्त साँझ ७ः२ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर १७ मिनेट ७ देखि ०० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज दाजुभाइ, बन्धुबान्धव वा ससुराली पक्षमा सम्पर्क गरी खबर आदानरप्रदान गर्ने दिन हो, उता कार्यक्षेत्रमा पनि सँगीसाथीका बीचमा सहकार्य र रामरमाइलो गर्ने अवसर मिल्नेछ । लेखनरप्रकाशनको काम, परामर्श सेवा, लेखा सेवा, कन्सल्टेन्सी, वकालत, शेयर मार्केट, कम्प्यूटरसम्बद्ध काम वा वाणीप्रधान कामबाट फाइदा लिने दिन हो । दाम्पत्य जीवन सुखमय नै रहनेछ, तर थप जिम्मेबारी र दायित्व बढ्ने समय छ, घरपरिवारभित्रकै वा आफन्तको काममा अलि बढी खट्नुपर्ने दिन हो ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
ज्ञानको भण्डार पूर्ण हुने तथा दार्शनिक भावना जाग्ने समय हो, मनमा कुनै नयाँ कुरा सल्बलाउँदै छ भने साथीहरू र गुरुसँग छलफल गरेमा थप लाभ पाउन सकिन्छ । कुनै ठूलै योजना कार्यान्वयनको तैयारी हुनेछ, दिनदुस्खी र बृद्धबृद्धाको सहयोग गर्दा भाग्य बढ्ने समय छ, त्यसैले कुनै पनि धार्मिकरपारम्परिक क्रियाकलापमा सहभागी भएको जाती हुन्छ । अचानक खुसी हुने कुनै समाचार सुन्न पाइने छ । कार्यालयको कामविशेषले देशरपरदेशको यात्रा हुने वा घर छाड्नुपर्ने परिस्थिति बन्नसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पार्टनरसँग कुनै नौलो र रमणीय ठाउँको यात्रा गर्ने तिर्सना जाग्नसक्छ, तर परिबन्दमा खुम्चनुपर्दा मन निराश बन्ने समय हो । शुभचिन्तकहरूको साथ पाइने छ, सुखद समाचार सुन्न पाउँदा दिन प्रेरणास्पद बन्नेछ । बौद्धिक र ज्ञानमूलक विषयमा रूचि बढ्ने दिन हो । आर्थिक सङ्कट निवारण गर्न सञ्चित पुँजी र आफ्नो हैसियत सम्झिएर अघि बढ्नु ठीक हुन्छ । दबाब वा करकापमा गरेको कामले भविष्यमा धोका हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आन्तरिक तिर्सनाको परिपूर्ति हुने दिन हो । पतिपत्नीका बीचमा समझदारी बढ्नेछ । आज कुनै भनुँ भनुँ लागेको कुरा बताउने दिन हो । नयाँ साथी बनाउन पाइने दिन हो, मित्रवर्ग र सँगीसाथीको सहयोगमा नजानेको कुनै विषयको ज्ञानसमेत पाउन सकिन्छ । प्रयास गरेमा प्रशस्तै नभए पनि राम्रो आम्दानीको सम्भावना देखिन्छ । विभिन्न भौतिक साधन जुट्नेछन्, तपाईंको व्यक्तित्वले धेरैको मन लोभ्याउन सक्छ । प्रेमिल भावना विकसित हुने दिन हो ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कामको बोझ र चाप बढ्नेछ । हरेक क्रियाकलापमा हतार नगर्नु होला, जुनसुकै कागजपत्रको समस्या र कानुनी पक्षबारे राम्ररी चिन्तन गर्नु ठीक हुन्छ । पार्टनरको व्यक्तिगत स्वास्थ्यमा वा कार्यक्षेत्रमा समस्या उत्पन्न हुनाले मन निराश बन्नसक्छ, भलाकुसारी गरी भावना साटासाट गर्नु राम्रो हुन्छ । जीवनसाथी वा प्रेयसीसँग लामो कुराकानी वा सम्बन्धरसम्पर्क हुने दिन हो, उता आयका दृष्टिले पनि थप धनार्जन गर्न सकिने समय छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
एकअर्काको मनोभाव बुझी काम गर्नसके आपसी सम्बन्धमा बढी प्रगाढता छाउने छ । आफ्ना असन्तुष्टि र निराशाका बारेमा खुलेर छलफल गर्नु राम्रो हुन्छ । झैझगडा र मुद्दामामिलामा चाहँदा नचाहँदै संलग्न हुनुपर्ने परिस्थिति छ, साथै स्वास्थ्यसम्बन्धी कुरामा पनि हेलचक्र्याइँ नगर्नु होला । आत्मविश्वासमा बृद्धि हुनाले थप सफलता प्राप्त हुनेछ । शिक्षाक्षेत्र, आर्थिक कारोबार, सुनचाँदी जस्ता गहनागुरियाका व्यापारीका लागि राम्रो दिन देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सोच्ने शक्ति र निर्णयात्मक क्षमतामा कमी आउने दिन हो । आज हरेक कुरामा यो गरौं कि त्यो गरौं भन्ने अलमल हुनसक्छ । निर्णयात्मक काममा ध्यान केन्द्रित हुँदैन, घरायसी समस्या र सुखका बारेमा समेत चिन्तन गर्ने समय छ । विशेष काम गर्नुछ भने अभिभावक, पत्नी वा छोराछोरीका इच्छा बुझेर चल्नु ठीक हुन्छ । घरिघरि मन अशान्त भए झैं लाग्नेछ, तर एक्लै बसेर घोरिनुभन्दा तामेलीमा परेका विषयवस्तुमा ध्यानकेन्द्रित गर्नाले केही फाइदा हुनसक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
घरपरिवारका कुरा खेल्दा मन एकतमासको बन्नसक्छ । कार्यक्षेत्रमा खप्की खानुपर्ने परिस्थिति आउन सक्छ, सचेत भएर चल्नुपर्ने समय हो । साझेदार र सहकर्मीको सुझाव लाभदायी ठहरिनेछ । कामधन्दा छोडेर सामाजिक क्रियाकलापमा पनि सक्रियता जनाउने दिन हो । माइतीपक्षको शुभ समाचार प्राप्त हुनेछ । छरछिमेकीका वा सामाजिक कामका लागि पनि केही समय छुट्याउनुपर्ने हुन्छ । तर चिसोले सताउन सक्छ, होस राख्नुहोला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
घरपरिवारका कुरा खेल्दा मन एकतमासको बन्नसक्छ । कार्यक्षेत्रमा खप्की खानुपर्ने परिस्थिति आउन सक्छ, सचेत भएर चल्नुपर्ने समय हो । साझेदार र सहकर्मीको सुझाव लाभदायी ठहरिनेछ । कामधन्दा छोडेर सामाजिक क्रियाकलापमा पनि सक्रियता जनाउने दिन हो । माइतीपक्षको शुभ समाचार प्राप्त हुनेछ । छरछिमेकीका वा सामाजिक कामका लागि पनि केही समय छुट्याउनुपर्ने हुन्छ । तर चिसोले सताउन सक्छ, होस राख्नुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिने छ । मानसम्मान र प्रतिष्ठा बढाउन गरिएको काममा सफल भइने छ, हिजोअस्तिका तुलनामा केही न केही धनार्जनको अवसर मिल्नसक्छ । विपरीत परिस्थितिलाई कुशलतापूर्वक झेल्नसक्ने सामथ्र्य र आत्मविश्वासको विकास हुनेछ । पेसागत र व्यवसायिक उन्नतिका लागि गरेको प्रयास सार्थक बन्नेछ । आफ्नो इच्छानुरूप कार्य गर्न पाउँदा मन प्रसन्न रहनेछ । घरायसी र व्यवहारिक काममा खट्दासमेत फुर्ती जाग्न गई तन पनि स्वस्थ रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अवसर प्राप्तिका निमित्त दौडधूप र परिश्रम गर्ने समय हो, तर आफ्ना भावनालाई नियन्त्रणमा राखी व्यवहार गर्नु समुचित हुन्छ, नत्र यसबाट अरुलाई मात्र होइन, आफू स्वयंलाई समेत हानी पुग्नसक्छ । आर्थिक हैसियत र पदप्रतिष्ठामा बृद्धि हुने दिन हो, तर करकापमा परी अनिच्छित काम गर्नुपर्ने वा विशेष निर्णय लिनुपर्ने परिस्थिति आउनसक्छ । मन भावुक र चञ्चल बन्नसक्छ, दिनभरि कार्यक्षेत्रमा व्यस्त हुनुपर्ने भएकाले आपसी समन्वय र भेटघाटको असहजता हुने तथा मन पिरोलिने दिन छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
साझेदारी व्यवसायमा साझेदारसँग उचित सम्बन्ध कायम राख्नु आवश्यक छ । घरजग्गा व्यवसायीले कुनै लाभदायक सम्झौता गर्नसक्छन् । सबै कार्य सही ढंगले सम्पन्न भए पनि कतिपय काममा आफ्नै चित्त नबुझ्न सक्छ । तर पनि आज कुनै विशेष कार्यमा सफलता मिल्ने दिन हो । उच्च शिक्षाका छात्रछात्राले लक्ष्य प्राप्तिका निमित्त थप परिश्रम गरी लाभ पाउने समय हो । विदेश जाने सपना सँगाल्नु भएको छ भने योजना बनाउँदा शुभ हुन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!