सांकेतिक तस्बीर

जनकपुरधाम । जनकपुरबाट अपहरणमा परेका तीन वर्षीय बालकलाई १५ दिनपछि सकुशल उद्धार गरिएको छ। भारत सीतामढी बर्गनिया प्रखण्ड घर भई हाल धनुषाको जनकपुर उपमहानगरपालिका–७ भमरपुराचोक डेरा गरी बस्ने हरिओम चौधरीको तीन वर्षीय छोरा सोहन चौधरीको दुई सातापछि प्रहरीले उद्धार गर्न सफल भएको हो।

अपहरणमा संलग्न आरोपमा एक महिलालाई समेत प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका–४ बस्ने ५५ वर्षीया मैथुन खातुन हुन्। खातुनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। बालकलाई आफ्नै घरमा लिएर खातुन लुकेकी थिइन्। बालकको उद्धार र ती महिलालाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले बताए।

Advertisement

असार ६ गते बिहान ७ बजे घर अगाडि खेल्न कोठाबाट बाहिर निस्केका बालक अपहरणमा परेका थिए। एक महिलाले बालक लगेको स्थानीयले भने पनि ती महिलाको परिचय खुलेको थिएन। जानकारी हुने बित्तिकै बालकको खोजतलासमा धनुषा प्रहरी सक्रिय भएको थियो। प्रहरी टोलीले बच्चा अपहरण गर्ने महिलालाई घरबाटै पक्राउ गरेको जनाएको छ।

पक्राउ परेकी खातुनविरुद्ध अपहरण तथा शरीर बन्धक शीर्षकमा मुद्दा दायर गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक रजौरेले जानकारी दिए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!