संगालोखबर संवाददाता

उर्लाबारी । लागू औषध गाँजा मुद्दामा १४ वर्षदेखि फरार एक महिलालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर – १५ की ५५ वर्षीय धनेश्वरी साह सुडी रहेकी छिन् । उनलाई आज जिल्ला अदालत मोरङमा बुझाइएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोस निरौलाले जानकारी दिनुभयो ।

Advertisement

अदालतले साहलाई सजाय भुक्तानका लागि कारागार चलान गरेको छ । अदालतले लागु औषध मुद्दामा २०६० साल कात्तिक १९ गते साहलाई ११ महिना १९ दिन कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement