पोखरा। गएराति परेको भीषण वर्षासँगै घरमाथिबाट आएको पहिरोले कास्कीको माछापुच्छ«े गाउँपालिका– ५ रिभान लामपाटाका १३ घरमा बाढी पसेर पूर्ण क्षति पु¥याएको छ ।

गाउँ भन्दा माथिबाट पहिरो आउँदै छ भन्ने प्राप्त सूचनाका आधारमा घरमा सुतेका सबै गाउँले भागेर सुरक्षित स्थानमा पुगेकाले मानवीय क्षति भने हुन नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Advertisement

बाढी पहिरोले रिभानबाट हुम्दीतर्पm जाने दुईवटा मोटर चल्ने पुल र विद्युत्का पोल पनि बगाएको छ । बाढीले स्थानीय देवीलाल लामिछाने, दण्डबहादुर विक, प्रवीण लामिछाने, गंगाबहादुर विक, प्रेम विक, राजमान विक, दिननाथ पौडेल, कमला परियार, नरबहादुर विक र काजी विकको घर बस्नै नमिल्ने गरी क्षति पु¥याएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!