बोस्टन। गत अगस्त ६ तारिख देखि सुरुवात भएको सप्ताहको पहिलो दिन आयोजना गरिएको कलस यात्रा  उत्साहपूर्वक सम्पन्न भएको छ ।

Advertisement

कलस यात्रा अमेरिकाको नेपाली समुदायमा आयोजना भएको अहिले सम्म कै सवै भन्दा ठुलो कार्यक्रम भएको बताइएको छ ।

रुक्मिणी कार्कीको संयोजकतत्वमा कलश यात्रा समिति गठन भएको थियो । पहिलो दिन गत अगस्त ६ मा १००८ महिलाले आफ्नो सांस्कृतिक भेषभुषामा सजिएर सहभागी भएका थिए ।

श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ तथा बृहत आध्यात्मिक महोत्सब, बोस्टन सप्ताह २०१७ को आज तेश्रो दिन भएको छ ।

सहभागीहरु मिस्टिक भ्याली पार्कवे को बिशाल पार्कमा कलश यात्रा पछि सप्ताह कक्ष शिबालय मन्दिरको दुर्गा कक्षमा पुगेर बिधिबत श्रीमद्भागबत सप्ताहा महायज्ञ तथा बृहद आध्यात्मिक महोत्सव उदघाटन गरिएको थियो ।

पहिलो र दोश्रो दिन गरेर करिव २ लाख ७० हजार डलर संकलन भएको जनाइएको छ ।

महोत्सबमा भागवत सप्ताह दीनबन्धु पोख्रेलले वाचन गरेका छन् ।बोस्टन स्थित पशुतिपतिनाथको मन्दिर  र भगवान बुद्धको स्तुप सहितको सामुदायीक भवन स्थापना गर्ने उद्देश्यले  सन् २०१२ मा स्थापित पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्युइंगल्यान्डको सहयोगार्थ  श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ तथा बृहत आध्यात्मिक महोत्सबको आयोजना गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement