ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

ई.सं. २०२२ मे ०५ नेपाल सम्बत ११४२ बछलाथ्व चतुर्थी वैशाख कृष्ण चतुर्थी तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, वैशाख कृष्ण चतुर्थी तिथी, चन्द्रमा मिथुन राशिमा, मृगशिरा नक्षत्र, सुकर्मा योग, विष्टि ÷ भद्रा करण । नेपालमा सूर्योदय बिहान ५ः२१ बजे, सूर्यास्त साँझ ६ः३९ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्नु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर २१ मिनेट देखि ७ बजेर ०१ मिनेट सम्म छ । आज आद्यगुरु शंकराचार्य जयन्ती, रामानुजाचार्य जयन्ती परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
कुनै नजानेको वा नसुल्झिएको विषयवस्तुमा आज सहपाठी र गुरुहरूको सहयोग लिएको राम्रो हुनेछ । केही समय सामाजिक क्रियाकलाप र पारिवारिक समस्या हल गर्न प्रदान गर्नुपर्ने हुन्छ, तर कामधामलाई थाती राखी विश्राम गरेको जाति हुन्छ । प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिने समय हो, अतस् कुनै महत्त्वपूर्ण निर्णय लिनुअघि सिनियर वा जानकार व्यक्तिको सल्लाह लिनु ठीक हुन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आन्तरिक सम्बन्धका लागि राम्रै दिन छ, तर कलह हुने भएकाले भेट भएको मौकामा सामान्य कुरामा पनि तर्क वा बहस नगर्नु नै राम्रो हुन्छ । बाध्यतामा खुम्चनुपर्ने समय हो, आर्थिक दृष्टिले पनि कमजोर समय देखिन्छ । कुनै लाभमूलक काम छ भने लापरवाही गर्नु हुँदैन । पैसा खर्च गर्ने मामिलामा सतर्क रहने समय हो । उत्पादनमूलक र खाद्यान्नका व्यवसायमा बढी फाइदा हुनसक्छ । बोली र आचरणमा पनि संयमता अपनाउनु राम्रो हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
नयाँ ठाउँमा घुम्न जाने वा कुनै नयाँ काम प्रारम्भ गर्ने समय छ । घरैमा बसे पनि भविष्यमा चाहिने वस्तुको जोहो गर्न मन लाग्नेछ । लगनशील भएर ध्यान केन्द्रित गरेमा उत्कृष्ट परिणाम प्राप्त हुने समय हो, अझ मिहिनेत गर्नुहोस्, तपाईंको प्रयासमा भाग्यले समेत साथ दिनेछ । मनमा उत्साह र शरीरमा स्फूर्तिको उदय हुनेछ । सबैले व्यक्तित्व र कार्यशैलीको प्रशंसा गर्नेछन्, खुट्टा तान्ने र कुरा काट्नेहरू अब आफैं तर्किएर हिंड्नेछन्न ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
बाध्यात्मक काममा ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ । समयमा काम गर्न नसक्दा विशेष अवसर फुत्कन सक्छ । आर्थिक सङ्कटले पनि तनाव बढ्ने छ । तालमेल र पारदर्शिता राखेर सम्बन्ध राख्नु ठीक हुनेछ, ससाना कुरा पनि लुकाउने वा छल्ने काम गर्नु हुँदैन, नत्र विश्वासको सङ्कट हुनसक्छ । सहयोगीहरूसँग केही असमझदारी बढ्नेछ । आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा गर्न सक्दैनन् । तापनि मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
नियमित कारोबारमा राम्रै हुन्छ, अझ कुनै नयाँ व्यापारमा आकर्षण छ भने व्यवसायमा लगानी बढाउनुहोस् आम्दानीको स्रोतमा बृद्धि गर्न सक्नुहुन्छ । पारिवारिक वातावरण सुखमय नै रहने छ, तर छोराछोरीको इच्छा बुझेर काम गर्ने हुँदा बजेट डगमगाउने र भविष्यमा कलहको परिस्थिति खडा हुने दिन हो । कमीकमजोरी र असफलताहरू पन्छाउँदै क्षमताअनुरूप परिश्रम गर्ने समय हो । लक्ष्यप्रति केन्द्रित भएमा ठूलो सफलता हात पर्नसक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
कामधन्दामा मज्जाले खट्नुपर्ने हुन्छ, जीवनसाथीले आफ्नो विवशता नबुझिदिंदा झन् दिक्क लाग्नसक्छ, तर बृद्धबृद्धाको सद्भाव र सहानुभूति बटुल्न पाइनेछ । कुनै व्यवहारिक वा प्राविधिक क्षेत्रको थप ज्ञान बटुल्ने मौका जुट्नेछ । परिश्रम गर्ने छात्रछात्राले अझ राम्रो परिणाम प्राप्त गर्नेछन् । बलजफ्ती गरेरै चिताएको काम बनाउन सकिने राम्रो दिन छ । आज ठूलाबडा खुशी पारेर पनि काम उम्काउन सक्नुहुन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
कुनै समारोहका बीचमा लवमेटसँग भेट हुनाले प्रसन्नताका साथमा समय बित्नेछ, अब छिट्टै वैवाहिक बन्धनमा बाँधिने योजना बनाउन सक्नुहुन्छ । आज दुस्खीको सहयोग गरेमा भाग्य बढ्नेछ, घरमा सम्पर्क गरी बृद्धबृद्धाको आशीर्वचन लिनु राम्रो हुन्छ । धार्मिकरसामाजिक काममा समय दिनुपर्दा बाहिर अलमलिने दिन हो, तर पनि आफ्नो कामप्रतिको लगनशीलताका कारण आम्दानीमा कमी आउने छैन ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
परीक्षा नजिकै आएको छ भने हरेक कुरा र योजनालाई सार्वजनिक नगर्नु होला, नत्र तपाईंको प्रयास र मिहिनेत खेर जानसक्छ । शरीरमा थकान र अस्वस्थता देखिए पनि कामबाट फुत्कने र आराम गर्ने अनुकूलता मिल्दैन, तर आज मनले नमानेको कामकुराबाट टाढा नै रहेको जाति हुन्छ । मन भारी र तन उदास हुने समय हो, नकारात्मक र हीनभावको उदय हुनसक्छ, सकेसम्म सहकर्मीहरूबीच तालमेल कायम राख्नु राम्रो हुन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
प्रियजनसँगको भेटघाटले दिन रमाइलो बन्नेछ, कार्यक्षेत्रमा सबैको सहयोग प्राप्त हुनाले ताकेको कामबाट छिट्टै फुर्सद मिल्ने दिन हो । पदप्रतिष्ठामा अभिबृद्धि हुनेछ र आम्दानीका मार्गहरू पनि बढ्नेछन् । समयमै कार्य सम्पन्न हुनाले मन पनि हलुका र आनन्दित हुने दिन हो । भरपूर आनन्द र सुख भोग गर्ने अनुकूलता मिल्नेछ । कतै घुमघाममा निस्कन र एकान्तमा बसेर रमाउन सकिने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
पारिवारिक विषयमा कुराकानी गर्ने दिन हो, लेनदेनको कारोबार, उठ्ती वा रिनसापटीको विषयले चिन्ता बढाउन सक्छ, तर पनि परिश्रम गरेअनुसार सफलता पाउने दिन हो । थोरै लाभका लागि समेत धेरै मिहिनेत गर्नुपर्ने परिस्थिति देखिन्छ । खासगरी इलेक्ट्रिकल, सञ्चार र धातुका कारोबारीको व्यवसाय उत्तम रहनेछ । खिसीट्युरी गर्नेहरू प्रबल हुने दिन हो । घमण्ड र जिद्दीपना त्याग्नुहोला, नत्र ठूलो कलहको वातावरण बन्नसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
बुद्धि र विवेकको सन्तुलन कायम राख्न नसकिने पेचिलो समय छ, कुनै कुरामा दुविधा उत्पन्न भएमा सिनियर स्टाफको सल्लाह लिनु बेस हुन्छ । व्यापारमा परिवर्तन गर्ने वा नयाँ कारोबारप्रतिको आकर्षण बढ्नेछ । परिस्थिति आफ्नो पक्षमा नरहे पनि बुद्धि र ट्रिकको प्रयोग गरी लक्ष्यमा पुग्न सकिने दिन हो । सृजनात्मक क्षमताको प्रस्फुटन हुनेछ । मन फुरुङ्ग र उत्साही हुनेछ, टाढा रहेका आफन्त वा छोराछोरीबाट कुनै राम्रो समाचार सुन्न पाइने दिन हो ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
निरन्तर गरिएको कष्टप्रद परिश्रमका कारण छिटै थाकिन्छ र कार्य क्षमतामा समेत कमी आउने समय छ, नियमित खानपान र आरामप्रति सचेत हुनुहोला । गोपनीयता कायम राखी काम गर्न सके कार्यक्षेत्रमा प्रशंसा बटुल्न सकिने छ, तर आज घरपरिवार र छोराछोरीलाई समय दिनुपर्ने हुन्छ । एकान्तमा बस्न पाउने र रमाउने मौका छ, तर समय र स्थान छनौट गर्न गोपनीयता अपनाउनुका साथै निकै सतर्कता अपनाउनुपर्ने दिन हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!