कांग्रेसले बनायो चुनाव प्रचार प्रसार कार्यालय

धनकुटा । नेपाली कांग्रेसले धनकुटा नगरपालिका–७ हुलाकटोलमा चुनाव प्रचार प्रसार कार्यालय स्थापना गरेको छ । कांग्रेस जिल्ला सभापती दिनेश राईले एक कार्यक्रमकाबीच कार्यालय उद्घाटन गरेका छन् । कार्यालय उद्घाटन गर्दै सभापति राईले कांग्रेसका पक्षमा जनमत सिर्जना गर्न व्यापक प्रचार प्रसार गर्न सबैलाई आग्रह गरे ।

कार्यक्रममा कांग्रेसका १ नम्वर प्रदेश कार्य समिति सदस्य नविन किशोर शाक्य, धनकुटाका उपसभापती सुनिल कुमार डंगोल, जिल्ला सचिव तथा नगर संयोजक विजय सन्तोषी राई, जिल्ला सदस्य रोशेष श्रेष्ठ, नगर सभापती नरेश श्रेष्ठ, वडा सभापती शैलेसमान श्रेष्ठ लगयातले प्रचार कार्यालय मार्फत दैनिक रुपमा व्यापक ढंगले प्रचारको काम गरेर कांग्रेसको पक्षमा जनमत सृजना गरिने बताए ।

सो कार्यालयबाट कांग्रेसको सकारात्मक प्रचार मात्र नभई नेकपा एमालेका गलत कामको भण्डाफोरसमेत गरिने कांग्रेस सचिव राईले जानकारी दिए ।

error: Content is protected !!