- संगालोखबर सम्बाददाता

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारलाई हटाएपछि मात्र मुलुकको अर्थतन्त्र सही दिसामा अघि बढ्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज दिउँसो सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष ओलीले भ्रष्ट गठबन्धन सरकारका कारण अर्थतन्त्र विग्रदै गएको बताएका हुन् ।

Advertisement

बर्तमान सरकार भष्ट्र भएकाले ९ महिनामै अर्थतन्त्र ध्वस्त भएको भन्दै अध्यक्ष ओलीले यो सरकारलाई डस्विनमा फालेपछि मात्र अर्थतन्त्र सुध्रने प्रतिक्रिया दिए ।

ओलीलाई विराटनगर विमानस्थलमा स्वागत गरिदै । तस्वीर: रबिन कटेल/संगालोखबर

आफु नेतृत्वको अघिल्लो सरकारका कारण अर्थतन्त्र गलत दिसामा गएको भन्नेहरुमा मानसिक समस्या हुँनसक्ने ओलीले बताए । ‘९ महिनामै अर्थतन्त्र ध्वस्त पार्ने अनि अघिल्लो सरकारलाई दोस दिनेहरुमा मानसिक समस्या हुनसक्छ, उपचार गराउँनुपर्छ,’ ओलीले भने, ‘अर्थतन्त्र सुधार्न यो गठबन्धनको भ्रष्ट सरकारलाई डस्विनमा फाल्नुपर्छ ।’

गर्भनरलाई कारबाही गर्नु गलत भएको भन्दै उनले सबैले यसको विरोध गर्नुपर्ने धारणा राखेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!