रबिन कटेल/संगालोखबर

विराटनगर । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचन अब कुनैपनि हालतमा नसर्ने जिकिर गरेका छन् । सुनसरीमा आयोजित कार्यक्रमलाई संवोधनका लागि जाँने क्रममा मंगलबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता खनालले तोकिएको मितिमै निर्वाचन हुँने दावी गरेका हुन् ।

Advertisement

कतिपय नेताहरुले निर्वाचन सर्नसक्ने संकेत गरिरहेका बेला नेता खनालले बैशाख ३० गते नै निर्वाचन हुँने जिकिर गरे । निर्वाचन सर्नसक्ने बिषयमा नेताहरुले गरेको संकेतप्रति लक्षित गर्दै खनालले त्यस्ता भनाईमा कुनै तुक नरहेको प्रष्ट पारे । ‘उहाँहरुले जे भन्नुभयो त्यो आफ्नै कुरा होला, अहिले निर्वाचन सार्ने कुनै कुरा छैन, निर्वाचन सर्दैन, बैशाख ३० मै निर्वाचन हुन्छ,’ नेता खनालले भने ।

अहिले निर्वाचनमा केन्द्रदेखि वडा तहसम्मै तालमेल गर्नुपर्ने आवश्यकता रहेको भन्दै नेता खनालले त्यही आवश्यकताका आधारमा दलहरुले गठबन्धन गरेर चुनावमा होमिएको बताए । गाउँपालिका र नगरपालिकामा गठबन्धनका उम्मेद्वार छान्दा केन्द्रले हस्तक्षेत्र नगर्ने भन्दै उनले उप–महानगर र महानगरमा भने केन्द्रबाट उम्मेद्वार टुंगो लगाइने जानकारी दिए । नेकपा एकीकृत समाजवादीले दुई वटा महानगरमा आफ्नो दावी गर्नु स्वभाविक रहेको भन्दै उनले अन्य पालिकामा कुन दलबाट कति उम्मेद्वार उठाउँने भन्ने बिषय गठबन्धनमा छलफल भइरहेको बताए ।

पूर्व प्रधानमन्त्रीसमेत रहेको खनालले मूलुकको अर्थतन्त्रमा खराव लक्षण देखिन थालेको बताए । तर, अर्थतन्त्र संकटमै गइसकेको भन्न नमिल्ने उनको तर्क छ । अर्थतन्त्र निकै पहिलेदेखिनै बिग्रन सुरु भएको भन्दै उनले अहिले आएर यसमा खराब लक्षण देखिन थालेको उनको भनाई छ । गर्भनर महाप्रसाद अधिकारीलाई गरिएको कारबाहीका बिषयमा सञ्चारकर्मीले धारणा माग्दा उनले त्यो बिषयमा बोल्न चाहेनन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!